
Rbs
Ratbs
Csbus
Gsbus
Ssbus
Ddhbs
Pbu
gms
dsbus
Bksbus5
Gsl
Amb
Nssbus7
Jsbus

nsb
Ggd
Gst
Rsb
Tsm
Rgu
Hal
Sbs
Rgs
Ksm
Vor
Bbu
Ssm
Wsp
Bbbpu
Pvg
Sls
Asm
Rgu

Mks
sab
Pls
Rpp
Abd
Rmb
Syp
Bml
Jmb
Jmb
bbt
Ptm
Gsb
दाङ । घोराही-१५, स्थित गुरुकुल एकेडेमीले विद्यार्थीहरुको व्यवहारिक सीप विकास गर्ने उद्देश्यले ‘सिलाई तथा टपरी बनाउने तालिम’ सञ्चालन गरेको छ ।
बुक फ्रि प्राइडेको अवशर पारेर विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई लक्षित गरी विद्यालयले एक दिने विशेष शिविर सञ्चालन गरी सिलाई, टपरी बनाउने जस्ता जीवनोपयोगी सीपहरू सिकाएको हो । सिलाई तालिमसँगै विद्यार्थीहरूलाई दुना र टपरी बनाउने र सरसफाइ लगायतका दैनिक जीवनमा आवश्यक पर्ने व्यवहारिक कार्यहरूमा समेत सक्रिय रूपमा संलग्न गराइएको थियो । तालिममा सहभागी भएका विद्यार्थीहरूले समूहमा बसेर आपसी समन्वयमा तालिम सञ्चालन गरेका थिए,जसले उनीहरूलाई सहकार्य,नेतृत्व क्षमता र आत्मनिर्भर बन्ने प्रेरणा दिएको छ।
गुरुकुल एकेडेमीले केवल किताबी ज्ञानमा सीमित नरहेर विद्यार्थीको समग्र विकासलाई ध्यानमा राखी यस्ता तालिमहरू सञ्चालन गर्दै आएको विद्यालयका शिक्षक तथा परीक्षा संयोजक विबेक देबकोटाले जानकारी दिए । “हामी विद्यार्थीहरूलाई व्यवहारिक जीवनका चुनौतीहरू सामना गर्न तयार बनाउने उद्देश्यले यस्तो तालिम सञ्चालन गरेका हौं,” शिक्षक देबकोटाले बताए । विद्यार्थीहरुले तालिमप्रति उच्च उत्साह देखाएका थिए । उनीहरुले पहिलो पटक सिलाउन,टपरी बनाउने जस्ता कामहरु आफैं गर्न पाउँदा नयाँ अनुभव भएको बताएका छन् । केहीले त घरमै गएर आमालाई सहयोग गर्ने समेत बताएका छन् ।
त्यस्तै विद्यालयले आगामी दिनमा अझ विस्तारित रुपमा सीपमूलक तालिमहरु सञ्चालन गर्ने योजना बनाएको छ । यस प्रकारका तालिमहरुले बालबालिकाको जीवनमा सकारात्मक परिवर्तन ल्याउने अपेक्षा गरिएको विद्यालयका सहायक प्रधनाध्यापक महेन्द्र पौडेलले बताए । गुरुकुल एकेडेमीको यस्तो व्यवहारिक र आत्मनिर्भरतालाई प्रोत्साहन गर्ने पहलले शिक्षा क्षेत्रमै उदाहरणीय कार्यको रुपमा चर्चा पाइरहेको छ ।
