
Ddhbs
Gsbus
Ratbs
Ssbus
Rbs
Csbus
Amb
Bksbus5
Jsbus
Nssbus7
dsbus
gms
Gsl
Pbu

Ggd
Rgu
Ssm
Sls
Gst
Ksm
Bbbpu
Rsb
Asm
Tsm
Wsp
Hal
Vor
Rgu
Sbs
Rgs
Bbu
nsb
Pvg

Rpp
Jmb
Bml
Jmb
Abd
Syp
sab
Pls
Rmb
bbt
Gsb
Ptm
Mks
दाङ । राजपुर गाउँपालिका-२,मटेरिया स्थित फेमिली प्याराडाईज इङ्लिस बोर्डिङ स्कुलको आयोजनामा यही बैशाख २६ गते शुक्रबारका दिन “विद्यार्थीको चौतर्फी उन्नतिकालागी विद्यालय – अभिभावकबिच अन्तरक्रिया “कार्यक्रम सम्पन्न भएको छ ।
शैक्षिकसत्र २०८२ को भर्ना अभियानको अन्तिम समयको अवसरमा विद्यालयले उक्त कार्यक्रम सम्पन्न गरेको हो । अन्तरक्रिया कार्यक्रम अभिभावकलाई पायक पर्ने ३ फरक फरक स्थानमा सम्पन्न गरिएको विद्यालय संचालक खनालले जानकारी दिए ।
विद्यालय र अभिभावक मिलेर अघि बढे मात्र बालबालिकाको चौतर्फी उन्नति हुने, उनिहरुको भविष्य उज्यालो बनाउन सकिने हुँदा विद्यालयले आफ्नो भावी योजना,सपना र कार्यशैलीबारे अभिभावकलाई समयमै जानकारी गराउनुपर्ने र अभिभावकहरुको आवाज विद्यालयले सुन्नुपर्ने भएकोले भर्ना अभियानको कार्यक्रम पश्चात् उक्त कार्यक्रमको आयोजना गर्नुको मुख्य उद्देश्य रहेको विद्यालयले जनाएको छ । विद्यालयमा विद्यार्थीहरुलाई केवल किताब मात्र होइन जीवनका मूल्य,व्यवहार,सिर्जनशीलता नेतृत्व र आत्मबिश्वासका बारेमा सिकाउनुपर्नेमा जोड दिइएको थियो ।
कार्यक्रममा विद्यालयले आफ्नो विशेषता र योजना अनुसार शिक्षा पद्धति,शुल्क चुक्ता प्रक्रिया , प्रविधि प्रयोग,चरित्र निर्माण,अतिरिक्त क्रियाकलाप लगायत विद्यार्थीको चौतर्फी बिकासका दृष्टिकोणहरु प्रस्तुत गरेको थियो भने प्रश्नोत्तर सत्रमा अभिभावकहरुको अनुभव,सुझाव सुनी जवाफ प्रदान गरेको थियो ।
अभिभावकहरुको आम्दानीको श्रोतलाई मध्ययनजर गर्दै विद्यालयले अनावश्यक शिर्षकमा शुल्क लिन नहुने,विद्यार्थीको हातबाट बिल पठाउने प्रवृतीको अन्त्य गर्नमा अभिभावक र विद्यालयबिच सहकार्यमा जोड दिदै बालबालिकाहरुको पठनपाठनमा थप टेवा पुर्याउनको लागि अभिभावक र विद्यालय सङ्गसङ्गै अघि बढ्नुपर्नेमा व्यापकरुपमा छलफल भएको विद्यालय संचालक खनाले बताए ।
कार्यक्रममा पुराना अभिभावकहरुमध्यबाट प्रतिनिधित्व गर्दै शैक्षिकसत्र २०८२ मा जोडिनु भएका नयाँ अभिभावकहरुलाई टीका लगाई सम्मान गरी फेमिली स्कुलमा स्वागत गर्ने काम समेत भएको थियो ।
यसैबिच विद्यालयले आयोजना गरेको कार्यक्रममा सहयोग पुर्याउनु हुने सम्पुर्ण अभिभावक,शिक्षक तथा कर्मचारी लगायत समुदायलाई विद्यालयको तर्फबाट विद्यालय संचालक खनालले सबैलाई धन्यवाद दिएका थिए ।

