मेगमन बुढा सोमबार, माघ २६, २०७७

दाङ । राजपुर गाउँपालिकाको कार्यपालिका बैठक आइतबार बसेको छ । गाउँपालिका अध्यक्ष लोकराज केसीको अध्यक्षतामा बसेको बैठकमा विभिन्न विषयको २६ वटा प्रस्तावहरुमा छलफल भएको थियो । आइतबार गाउँपालिका उपाध्यक्ष धनपती देवी यादव,प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद खनाल वडा नम्बर १,२,३, ४,६,७ का वडा अध्यक्ष र कार्यपालिका सदस्यहरुको उपस्थितिमा बसेको बैठकमा गाउँपालिकामा उठेका निम्न प्रमुख विषय संगै अन्य प्रस्तावहरुमा छलफल भएको हो ।

त्यस्तै तत्काल उठेको प्रमुख विषय गाउँपालिकाको वडा नम्बर ३ खरदरिया घाट क्षेत्रमा नदिजन्य पदर्थ उत्खनन गर्ने ठेक्का पाएको केसी निर्माण सेवालाई मिति २०७७/ ०६/१५ गते गाउँपालिका अध्यक्षको नेतृत्वमा अनुगमन गरि नदिजन्य पदार्थको स्टकको नाप जाप गर्दा ५८ हजार घन मिटर पाइएको र हाल सम्म निज निर्माण सेवाले सो स्टकको सम्झौता बमोजिम भन्दा अत्यधिक मात्रामा उत्खनन गरेको र सो नदिजन्य पदार्थको राजस्व दाखिला नगरेको हुँदा निजले पहिले दाखिला गरेको राजस्व र स्टक अनुसारको राजस्व हिसाब मिलान गरि जरिवाना सहित १५ दिन भित्र सो कार्यालयमा राजस्व दाखिला गर्न भनि पत्राचार गर्ने भनी निर्णय पारित गरेको छ ।

यस्तै राजपुर गाउँपालिका र गढवा गाउँपालिकाको सिमा विवाद सम्बन्धमा वास्तविक सिमा कायम गर्न दुवै गाउँपालिका बीच छलफल तथा स्थलगत निरीक्षण गर्नको लागि गढवा गाउँपालिकालाई पत्राचार गर्ने र विवाद समाधानमा सहयोगको दिन भनि नापी कार्यालय लमही दाङलाई पत्राचार गर्ने भनी निर्णय पारित गरेको छ । त्यस्तै गाउँपालिकाको स्थापना कालदेखि हालसम्म पनि सार्वजनिक सुनुवाइ हुन नसकेको सम्बन्धमा आर्थिक वर्ष २०७७/०७८ को खर्च विवरण लगायतको जानकारी आम जनताहरुमा गराउनको लागि आगामी ८ औं गाउँ सभा सम्पन्न भएपछि तत्कालै सार्वजनिक सुनुवाइ गर्ने निर्णय भएको छ ।

यस्तै बैठकमा वडा नम्बर ५ को सार्वजनिक जग्गा प्लाटिङग सम्बन्धमा आउदो मंगलबारको कार्यपालिका बैठकमा व्यापक छलफल गरि निर्णय गर्ने भएको छ । यसैगरी अन्य प्रस्ताव र निर्णयहरु हेर्नको लागि राजपुर गाउँपालिकाको वेबसाइटमा गएर हेर्न सकिने गाउँपालिका प्रशासकीय अधिकृत महेश थापा ठेडी मगरले जानकारी दिनु भएको हो । त्यस्तै अर्को कार्यपालिका बैठक यहीँ माघ २७ गते मंगलबार डाकेको गाउँपालिका प्रवक्ता श्याम बहादुर रोकाले बताउनु भयो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]