
Pbu
Mbdvs
Gisld
Sds
Rbs
mbd

Tsm
Asm
Pvg
Hal
nsb
Bbu
Sbs
Vor
Ksm
Rgs
Ssm
Rgu
Bbbpu
Ggd
Gst
Sls
Rsb
Rgu
Wsp

Rpp
bbt
Jmb
Gsb
Jmb
Abd
Pls
Bml
Syp
sab
Ptm
Mks
Rmb
दाङ । राजपुर गाउँपालिकाको कार्यपालिका बैठक आइतबार बसेको छ । गाउँपालिका अध्यक्ष लोकराज केसीको अध्यक्षतामा बसेको बैठकमा विभिन्न विषयको २६ वटा प्रस्तावहरुमा छलफल भएको थियो । आइतबार गाउँपालिका उपाध्यक्ष धनपती देवी यादव,प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद खनाल वडा नम्बर १,२,३, ४,६,७ का वडा अध्यक्ष र कार्यपालिका सदस्यहरुको उपस्थितिमा बसेको बैठकमा गाउँपालिकामा उठेका निम्न प्रमुख विषय संगै अन्य प्रस्तावहरुमा छलफल भएको हो ।
त्यस्तै तत्काल उठेको प्रमुख विषय गाउँपालिकाको वडा नम्बर ३ खरदरिया घाट क्षेत्रमा नदिजन्य पदर्थ उत्खनन गर्ने ठेक्का पाएको केसी निर्माण सेवालाई मिति २०७७/ ०६/१५ गते गाउँपालिका अध्यक्षको नेतृत्वमा अनुगमन गरि नदिजन्य पदार्थको स्टकको नाप जाप गर्दा ५८ हजार घन मिटर पाइएको र हाल सम्म निज निर्माण सेवाले सो स्टकको सम्झौता बमोजिम भन्दा अत्यधिक मात्रामा उत्खनन गरेको र सो नदिजन्य पदार्थको राजस्व दाखिला नगरेको हुँदा निजले पहिले दाखिला गरेको राजस्व र स्टक अनुसारको राजस्व हिसाब मिलान गरि जरिवाना सहित १५ दिन भित्र सो कार्यालयमा राजस्व दाखिला गर्न भनि पत्राचार गर्ने भनी निर्णय पारित गरेको छ ।
यस्तै राजपुर गाउँपालिका र गढवा गाउँपालिकाको सिमा विवाद सम्बन्धमा वास्तविक सिमा कायम गर्न दुवै गाउँपालिका बीच छलफल तथा स्थलगत निरीक्षण गर्नको लागि गढवा गाउँपालिकालाई पत्राचार गर्ने र विवाद समाधानमा सहयोगको दिन भनि नापी कार्यालय लमही दाङलाई पत्राचार गर्ने भनी निर्णय पारित गरेको छ । त्यस्तै गाउँपालिकाको स्थापना कालदेखि हालसम्म पनि सार्वजनिक सुनुवाइ हुन नसकेको सम्बन्धमा आर्थिक वर्ष २०७७/०७८ को खर्च विवरण लगायतको जानकारी आम जनताहरुमा गराउनको लागि आगामी ८ औं गाउँ सभा सम्पन्न भएपछि तत्कालै सार्वजनिक सुनुवाइ गर्ने निर्णय भएको छ ।
यस्तै बैठकमा वडा नम्बर ५ को सार्वजनिक जग्गा प्लाटिङग सम्बन्धमा आउदो मंगलबारको कार्यपालिका बैठकमा व्यापक छलफल गरि निर्णय गर्ने भएको छ । यसैगरी अन्य प्रस्ताव र निर्णयहरु हेर्नको लागि राजपुर गाउँपालिकाको वेबसाइटमा गएर हेर्न सकिने गाउँपालिका प्रशासकीय अधिकृत महेश थापा ठेडी मगरले जानकारी दिनु भएको हो । त्यस्तै अर्को कार्यपालिका बैठक यहीँ माघ २७ गते मंगलबार डाकेको गाउँपालिका प्रवक्ता श्याम बहादुर रोकाले बताउनु भयो ।
