
Gsb
Tgp
Csb
Rks
Ksb
Ppu
Usb
Rsb
Ksb
Ssb
Ssb
Ksb
Bsn
Nsb

Usb
Ssb
Tsb
Gsb
Hl1

Nps
ptl
Rgu
दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर ५, सालभौरी स्थित साधारण नमूना माध्यमिक विद्यालयले कक्षा ६ देखि १० सम्मका विद्यार्थीहरुसँग भर्ना शुल्क लिएको छ ।
राजपुर गाउँपालिकाले पालिका भित्रका ३२ वटा विद्यालयहरुमा शुल्क हताएर,कक्षा १२ सम्म निःशुल्क शिक्षा लागू गराएको भएपनि विद्यालयले विद्यार्थीहरुसँग भर्ना शुल्क लिएको हो ।
विद्यालयले विद्यालय मर्मत गर्ने शीर्षकमा कक्षा ६ का विद्यार्थीहरुसँग ११०० सय,७ कक्षासँग १३०० सय, कक्षा ८ सँग १५००,कक्षा ९ सँग १८ ०० सय र १० कक्षासँग २,००० लिएको पाइएको छ । त्यस्तै विद्यालयले कक्षा १ देखि ५ सम्म कुनै पनि शुल्क लिएको छैन ।
त्यस्तै यता राजपुर गाउँपालिकाले नेपाल सरकारको नीति अनुसार पालिकाले कक्षा १२ सम्म निःशुल्क शिक्षा प्रदान गरिरहेको हुँदा कुनै पनि बहानाबाजीमा विद्यार्थीहरुसँग शुल्क नलिन भनि आदेश पत्र पठाएको छ ।
