
mbd
Rbs
Gisld
Mbdvs
Sds
Pbu

Ssm
Vor
Bbbpu
Hal
Rsb
Rgs
Asm
Sbs
Bbu
Wsp
Sls
Rgu
Gst
Pvg
Ksm
nsb
Rgu
Ggd
Tsm

sab
Abd
Syp
bbt
Ptm
Bml
Rmb
Jmb
Rpp
Pls
Jmb
Gsb
Mks
सल्यान । सल्यान कपुरकोट गाउँपालिकाले जेष्ठ नागरिकहरुलाई चिसो छल्न न्यानो कपडा वितरण कार्यक्रम शुरु गरेको छ । आइतबार वडा नम्बर १ र २ का १८ जना जेष्ठ नागरिकलाई न्यानो कपडा ओढ्नका लागि ब्लांकेट वितरण गरेको हो । यस वर्ष गाउँपालिकाको ६ वटै वडामा ७० वर्ष माथीका ९० जना जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण गर्ने कार्यक्रम रहेको गाउँपालिका अध्यक्ष भिम बहादुर सेनले बताउनु हो ।
त्यस्तै उहाँले नागरिकको जनजीवन आफुहरुको पहिलो प्राथमिकता भएको जनाउदै जेष्ठ नागरिकहरुलाई गाउँपालिकाले हरेक वर्ष सम्मानको कार्यक्रम पनि गर्दै आएको बताउनु भयो । कपुरकोट गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष मान बहादुर रानाको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष तिला बुढाले जिउँदो इतिहासका रुपमा रहनु भएका जेष्ठ नागरिकहरुलाई स्थानीय सरकार रहेको अनुभूति दिलाउनका लागि गाउँपालिकाले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको बताउनु भयो ।
त्यस्तै गाउँपालिकाले गाउँमै घरमै न्यानो कपडा कम्बल दिएकोमा जेष्ठ नागरिकहरुले खुसी ब्यक्त गर्नु भएको थियो । सो गाउँपालिकाको वडा नम्बर १ र २ बाट न्यानो कपडा वितरण सुरुवात गरेको हो ।
त्यसैगरी महिला विकास शाखा प्रमुख लक्ष्मी महताराको स्वागत मन्तव्यबाट शुरु भएको न्यानो कपडा वितरण कार्यक्रममा वडा नं १ का वडा सदस्य झुपसिंह राना, कृषक मुल समिति कपुरकोटका अध्यक्ष इश्वर बुढा, कृषि उपज बजार केन्द्र कपुरकोटका कोषाध्यक्ष सन्तसिंह घर्ती,पञ्जीकरण इकाइका फिल्ड सहायक गेहेन्द्र केसी,समाजसेवीहरु नवराज बुढा,हरि बहादुर घर्ती लगायतको सहभागीता रहेको कार्यक्रमको सहजिकरण शंकर केसीले गर्नु भएको थियो ।
