
Ppu
Ksb
Gsb
Bsn
Ksb
Tgp
Fmb
Ssb
Rsb
Usb
Csb
Ksb
Nsb
jsb
Ssb
Rks

Ssb
Gsb
Hl1
Usb
Tsb

Nps
ptl
Rgu
दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर ५ जंग्रहवामा शनिबार नि:शुल्क दन्त स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न भएको छ ।
राजपुर गाउँपालिका वडा नम्बर ५ को वडा कार्यालय र कृपा मेडिकल एण्ड कृपा दन्त सेवा लमहीको संयुक्त आयोजनामा सम्पन्न भएको शिविरमा सो वडाका १ सय,५३ जनाले सेवा लिएका थिए ।
सो वडाका वडा अध्यक्ष नरेन्द्र सिंह भण्डारी मार्फत विधिवत रुपमा शिविर कार्यक्रमको उद्घाटन गरिएको थियो । त्यस्तै उक्त शिविरद्वारा २० जनाको दात निकालिएको थियो भने सबै बिरामीलाई निसुल्क औषधि प्रदान गरिएको सो शिविरका सह आयोजकका संचालक तथा हेल्थ असिस्टेन्ट कृष्ण आचार्य (प्रकाश)ले जानकारी दिनु भएको हो ।
यस्तै शिविर कार्यक्रममा दन्त चिकित्सक डाक्टर दोय मधुसुदन शर्मा,आशिष अधिकारी,ल्याब टेक्निसियेन माधब गिरि,अहेब भुमा चौधरी र अन्य कर्मचारी शिशिर भण्डारी,बाबु राम चौधरी रहनु भएको थियो ।
