
Ratbs
Gsbus
Bksbus5
Csbus
Ddhbs
Ssbus
Pbu
Nssbus7
Rbs
Jsbus
dsbus
Gsl
Amb
gms

Sls
Rgu
Bbu
nsb
Ksm
Hal
Ggd
Sbs
Pvg
Tsm
Rgu
Ssm
Rgs
Rsb
Asm
Vor
Gst
Wsp
Bbbpu

Abd
Pls
Gsb
Mks
Rpp
bbt
Ptm
Rmb
sab
Syp
Jmb
Jmb
Bml
काठमाडौँ । काठमाडौँमा सडक आन्दोलनको सुरुवाती दिनमा शिक्षकहरुको एउटै नारा थियो, कि जितिन्छ, कि बितिन्छ । अर्थात विद्यालय शिक्षा ऐन जारी नहुँदासम्म सडक आन्दोलन नछाड्ने अडान थियो । तर, बुधबार सरकारसँग भएको सहमतिपछि भने आन्दोलनका कार्यक्रम स्थगित गरेका छन् ।
असार १५ गतेसम्मका लागि शिक्षकहरूले आन्दोलनका कार्यक्रम स्थगित गरेका हुन् । किनभने असार १५ गते प्रतिनिधिसभाबाट विद्यालय शिक्षा ऐन जारी गर्ने सहमति भएको छ । उक्त मितिमा ऐन जारी नभएको खण्डमा अहिलेको भन्दा ठुलो आन्दोलन चर्काउने शिक्षकहरूले चेतावनी दिएका छन् ।
आन्दोलनका क्रममा शिक्षकहरूले एक थान ऐन हातमा नबोकी घर नफर्किने अडान राखेका थिए । तर, अहिले भने ऐनको हकमा उधारो सहमति गरेर फर्किएका छन् । उक्त सहमतिपछि गृहमन्त्री रमेश लेखकले अब असार १५ पछि शिक्षकहरूको घर घरमा सरकारले नै ऐन पुर्याउने प्रतिक्रिया दिएका थिए । उनले एक थान ऐन नलगी घर नफर्किने अडानसहित आन्दोलनमा उत्रिएका शिक्षकहरूलाई अब सरकारले नै घर घरमा ऐन पुर्याउने प्रतिबद्धता जनाएका हुन् ।
‘कि जितिन्छ, कि बितिन्छ’ भन्ने अडानसहित आन्दोलनमा उत्रिएका शिक्षकहरू वार्तामासमेत नबस्ने अडान लिँदै आएका थिए । सुरुमा शिक्षा मन्त्रालयले गठन गरेको सुरुको वार्ता टोलीलाई त ‘हामीलाई वार्ता नभई विद्यालय शिक्षा ऐन चाहिएको हो,’ भन्ने जवाफ फर्काइदिएका थिए । तर, अहिले ऐन जारी हुने मिति तोकेर सहमति गरेपछि शिक्षकहरूले ‘न जितियो, न बितियो बेकारमा खल्ती रित्तियो’ भन्दै सामाजिक सञ्जालमा आक्रोश व्यक्त गरिरहेका छन् ।
त्यस्तै शिक्षक महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले भने आन्दोलन जारी नै रहेको तर, केही दिनका लागि विश्राम लिइएको बताए । असार १५ मा ऐन जारी नभएको खण्डमा अहिलेको भन्दा चर्को आन्दोलन गरिने र अब असार १५ लाई कुरेर बसेको बताए । महासंघ सहअध्यक्ष तथा आन्दोलन परिचालन समिति संयोजक नानुमाया पराजुलीले शिक्षक नेताहरू काठमाडौँमै रहेर आन्दोलनका विभिन्न कार्यक्रमहरू अघि बढाउने बताइन् । ‘हाम्रो आन्दोलन सकिएको होइन । अहिले काठमाडौँको मासलाई केही दिन विश्रामको लागि घर पठाउने मात्रै हो । हामी त काठमाडौँमै भएर लबिङ गर्ने, खबरदारी गर्ने काम गरिरहन्छौँ,’ पराजुलीले भनिन् ।
यस्तै नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष विष्णुप्रसाद भण्डारीले अहिले आन्दोलन सेफ ल्यान्डिङमा गएको बताए । आन्दोलन गर्दै गर्दा आफूहरूले कि जितिन्छ, कि बितिन्छ भनेको बताउँदै असार १५ पछि ऐन जारी नभएको खण्डमा थप ठुलो आन्दोलन चर्किने चेतावनी दिए ।
