
Usb
Asb
lnp
Dus
Rgp
Dbs
Rgp
Rgp
Lks
Lnp
Sgp
Pbu
Jns
Rgp
Ggp
ksb
Ggp


दाङ । कुलपानी सामुदायिक वन उपभोक्ता समितिले सञ्चालन गरेको हरितपार्क विकास गरिएको प्राकृतिक र मानव निर्मित संरचनाले आगन्तुकलाई आकर्षित गरेको छ ।
करिव पाँच हेक्टर क्षेत्रफलमा फैलिएको हरितपार्क जति प्राकृतिकरुपले हराभरा छ त्यति नै मानव निर्मित संरचनाले पनि आगन्तुकलाई आकर्षण गरिरहेको कुलपानी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष नवराज शर्माले बताए ।
हरितपार्कमा प्राकृतिकरुपमा औषधीय गुण भएका मौवाका रुखहरु छन् । तीनवटा पोखरी निर्माण गरिएको छ । जहाँ बोटिङको समेत व्यवस्था गरिएको छ । बालबालिकाहरुलाई बोटिङ गराउने र रमाउन सहज भएको छ ।
त्यतिमात्रै होइन हरितपार्कमा बालउद्यान पनि सञ्चालनमा छ । कृत्रिमरुपमा घोडा, खरायो, चितुवा, गरुढ, मयुर, गोही, भ्यागुता, गैंडाका आकृतिले झन आगन्तुकलाई लोभ्याउन सफल भएको छ । सँगसँगै वन्यजन्तुहरु पनि प्रत्यक्षरुपमा हेर्न पाइने भएकाले अझ रमाइलो हुने आगन्तुकहरु बताउँछन् । हरित पार्कभित्र चित्तल पालिएको छ भने अजिङ्गर, कछुवा, खरायो पनि प्रत्यक्षरुपमा हेर्न पाइन्छ । सँगसँगै काठको भ्यूटावर, चर्खे पिङले पनि आगन्तुकको मन तानेको छ । हरित पार्कमा काठ संग्रहालय पनि व्यवस्थित गरिदैछ । काठबाट बनेका सामग्रीहरु डुंगा, हलो, जुवाजस्ता पुर्खाले प्रयोग गर्दै आएका वस्तुहरु नयाँ पुस्तालाई देखाउनका लागि काठजन्य वस्तु हेर्न संग्रहालयकै रुपमा विकास गर्न लागेको कुलपानी सामुदायिक वनका उपाध्यक्ष राकेश शर्माले जानकारी दिए ।
पर्यापर्यटनलाई बढावा दिन कुलपानी सामुदायिक वनले लगानी पनि बढाउँदै लगेको छ । सरकारका निकायबाट सहयोग नपाएको कुलपानीले पर्यापर्यटन प्रवद्र्धनका लागि सहयोगको अपेक्षा पनि गरेको छ ।
‘आगन्तुकले हाम्रो कामलाई पत्याएकै छन् । दिनहुँ‘ आगन्तुकहरुको भीड लागिरहेकै छ’– वनका अध्यक्ष शर्माले भने– ‘सरकारहरुले हामीलाई पत्याएनन् । यसको विकासका लागि सरकारले पनि केही हेर्छ भन्ने आशा अझै मरेको छैन ।’ आर्थिक वर्ष ०८०÷८१ मा हरितपार्कमा ५१ हजार आगन्तुकले शुल्क तिरेर पार्क अवलोकन गरेका छन् । वनले पार्क प्रवेशमा प्रतिव्यक्ति १० रुपैयाँ, वनभोजका लागि पाँच सय रुपैयाँ शुल्क लगाएको छ । त्यस्तै त्यहाँ फोटो खिच्ने व्यावसायिक फोटो ग्राफरहरुलाई पनि उपभोक्ता भए दैनिक दुई सय र गैर उपभोक्ता भए दैनिक चार सय शुल्क लगाएको छ । उनीहरुले शुल्क तिरेर पार्क प्रवेश गर्ने र त्यहाँ आएका आगन्तुकको फोटो खिचेर उपलव्ध गराउने व्यवस्था गरिएको छ ।
हरितपार्क सञ्चालन गरेर कुलपानी सामुदायिक वनले वार्षिक १० लाख रुपैयाँ पनि आम्दानी गरिरहेको वन समूहले जानकारी दिएको छ । हरितपार्कमा दाङ, कपिलवस्तु, रुपन्देही, सुर्खेत, रोल्पा, प्युठान लगायतका ठाउँबाट आगन्तुक आउने गरेका छन् । पिकनिक स्पटसमेतको व्यवस्था गरिएको हरितपार्कलाई थप व्यवस्थित गर्दै लैजाने र पर्यापर्यटनको विकास गर्ने वन समितिको लक्ष्य रहेको छ । नयाँयुगबोध
