
Nsb
Ssb
Ksb
Rsb
Gsb
Bsn
Ppu
Csb
Ksb
Usb
Rks
Ksb
Tgp
Ssb

Hl1
Gsb
Tsb
Usb
Ssb

Nps
ptl
Rgu
काठमाडौं । आज नवनियुक्त शिक्षामन्त्री रघुजी पन्तले पद तथा गोपनीयताको शपथ ग्रहण गर्दै छन् । उनलाई अपराह्न चार बजे राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा शपथ ग्रहण गराउने कार्यक्रम छ ।
एमाले सांसद विद्या भट्टराईले मन्त्री पदबाट राजीनामा दिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति पौडेलले एमालेकै पन्तलाई शिक्षामन्त्री पदमा नियुक्त गरेका हुन् ।
पद तथा गोपनीयताको शपथ ग्रहण पछि पन्तले आजै कार्यभार सम्हाल्ने छन् । पन्तसँग यसअघि श्रम मन्त्री बनेको अनुभव छ ।
त्यस्तै पन्तले अहिले शिक्षामन्त्रीको जिम्मेवारी पाउँदा ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम) भने बर्खास्त भएका छन् । गत असार ३१ गते बनेको ओली नेतृत्वको सरकार १० महिनापछि बुधबार पुनर्गठन भएको थियो ।
