
Csbus
Gsl
dsbus
Ssbus
Bksbus5
Gsbus
Ddhbs
Rbs
Amb
Ratbs
Jsbus
gms
Pbu
Nssbus7

nsb
Hal
Rgu
Sbs
Rgu
Rsb
Ksm
Ggd
Rgs
Wsp
Bbu
Bbbpu
Ssm
Tsm
Pvg
Vor
Gst
Asm
Sls

sab
Jmb
Gsb
Ptm
Bml
Abd
Jmb
Syp
bbt
Rmb
Pls
Rpp
Mks
काठमाडौँ । नेपाल शिक्षक महासंघले कक्षा १२ को परीक्षा सहितका विभिन्न शैक्षिक कार्यक्रम बहिस्कार गर्ने निर्णय गरेको छ ।
महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदी र महासचिव तुलाबहादुर थापाले मङ्गलवार एक विज्ञप्ति सार्वजनिक गर्दै बहिस्कार गर्ने जनाएका छन् । ‘काठमाडौँ केन्द्रित शैक्षिक सडक आन्दोलनको यो अवधिमा उत्तर पुस्तिका परीक्षण, नतिजा प्रकाशन, प्रवेश परीक्षा,विद्यार्थी भर्ना, तालिम, गोष्ठी, सेमिनार,शैक्षिक भ्रमण जस्ता कुनै पनि काममा संलग्न नहुन सबै प्र अ तथा शिक्षक–कर्मचारी साथीहरूमा जोडदार आग्रह गर्दछौ,’विज्ञप्तिमा भनिएको छ,‘त्यसैगरी २०८२ वैशाख ११ गतेबाट हुने कक्षा १२ को परीक्षामा समेत केन्द्राध्यक्ष,निरीक्षक लगायत कुनै पनि काममा संलग्न नहुनु हुन सबै प्रधानाध्यापक,शिक्षक तथा कर्मचारी साथीहरूमा अपिल गर्दछौँ ।’
त्यस्तै शीघ्र शिक्षा ऐन जारी गराइ विद्यालय शिक्षाको उचित व्यवस्थापन र गुणस्तर विकासका लागि गरिएको यस आन्दोलनलाई सहयोग तथा समर्थन गरिदिन सबैसँग विज्ञप्तिमा आह्वान गरिएको छ । सरकारले भने शिक्षक आन्दोलनका बाबजुद निजामती कर्मचारीलाई परिचालन गरेर भएपनि कक्षा १२ को परीक्षा सञ्चालन गर्ने निर्णय गरेको छ।
