दशरथ घिमिरे मंगलबार, बैशाख ०२, २०८२

दाङ । प्रिन्स इङ्लिस मोडल बोर्डिङ स्कुल, लमही–५, दाङले शिक्षा, स्वास्थ्य, संस्कार र सीपलाई आधार मानेर शिक्षण सिकाइ क्रियाकलाप अघि बढाएको छ ।

विद्यालयले पत्रकार सम्मेलनको आयोजना गरी नयाँ शैक्षिक सत्रका गतिविधिहरूबारे जानकारी गराएको हो । पत्रकार सम्मेलनमा विद्यालय सञ्चालक समितिका अध्यक्ष सन्दिप पौडेलले विद्यार्थी भर्नाको नाममा भइरहने अस्वस्थ प्रतिस्पर्धाबाट विद्यालय टाढा रहेको बताए ।

‘विद्यार्थी भर्नाको नाममा विद्यालयहरूबीच अस्वस्थ प्रतिस्पर्धा छ । प्रिन्स स्कुल यस्तो प्रतिस्पर्धाबाट धेरै टाढा छ,’ अध्यक्ष पौडेलले भने, ‘हामीले विद्यार्थीको सीप र क्षमता अभिवृद्धिसँग शिक्षण सिकाइलाई जोडेका छौं ।’ उनका अनुसार विद्यालयले भर्नाका लागि निश्चित कोटा तोकेर पठनपाठनलाई व्यवस्थित बनाउने प्रयत्न गरेको छ ।

विद्यालयका प्रिन्सिपल अविन महर्जनले पाठ्यक्रमको आधारमा एक्सन प्लान निर्माण गरेर पठनपाठन गर्ने उत्कृष्ट विधि अवलम्बन गरिएको जानकारी दिए । उनले निरन्तर मूल्यांकनलाई प्राथमिकता दिइएको र विद्यार्थीमा पठन संस्कृतिको विकास गर्न जोड दिइएको बताए ।

विद्यालयका गतिविधिहरूको विस्तृत विवरणमा ३० जना मात्र विद्यार्थी रहेको कक्षा, १९० दिन पूर्ण पठनपाठन, १५ दिन बिषयगत सीप परिक्षण, ८ दिन एकाइ परिक्षण र २८ दिन पूर्ण परिक्षा लगायत समावेश गरिएको छ । साथै, पुस्तकविहीन सिकाइ, सूचना प्रविधिको प्रयोग, अनलाइन गृहकार्य, र विषयगत श्रेणीकरण जस्ता विधिहरू समेत कार्यान्वयन गरिने जानकारी दिइएको छ ।

त्यस्तै विद्यालयले शिक्षण विधिमा नवीनतम प्रविधिको प्रयोग गर्दै विद्यार्थीलाई मूल्य, शान्ति, धर्म, अन्तर्राष्ट्रिय विचार, कला, संगीत, पर्यावरणीय चेतना, पुस्तक अध्ययन तथा अनुसन्धानमा जोड दिने नीति लिएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]