
Csbus
Rbs
Nssbus7
dsbus
Pbu
Amb
Gsl
Ratbs
Gsbus
Jsbus
Ddhbs
Bksbus5
Ssbus
gms

Ggd
Rgu
Bbbpu
Rsb
Ssm
Rgs
Wsp
Vor
Bbu
Hal
Ksm
Rgu
Sls
Tsm
Asm
Sbs
Gst
Pvg
nsb

Ptm
Rmb
Syp
Jmb
sab
Gsb
Rpp
Pls
Abd
bbt
Mks
Jmb
Bml
दाङ । प्रिन्स इङ्लिस मोडल बोर्डिङ स्कुल, लमही–५, दाङले शिक्षा, स्वास्थ्य, संस्कार र सीपलाई आधार मानेर शिक्षण सिकाइ क्रियाकलाप अघि बढाएको छ ।
विद्यालयले पत्रकार सम्मेलनको आयोजना गरी नयाँ शैक्षिक सत्रका गतिविधिहरूबारे जानकारी गराएको हो । पत्रकार सम्मेलनमा विद्यालय सञ्चालक समितिका अध्यक्ष सन्दिप पौडेलले विद्यार्थी भर्नाको नाममा भइरहने अस्वस्थ प्रतिस्पर्धाबाट विद्यालय टाढा रहेको बताए ।
‘विद्यार्थी भर्नाको नाममा विद्यालयहरूबीच अस्वस्थ प्रतिस्पर्धा छ । प्रिन्स स्कुल यस्तो प्रतिस्पर्धाबाट धेरै टाढा छ,’ अध्यक्ष पौडेलले भने, ‘हामीले विद्यार्थीको सीप र क्षमता अभिवृद्धिसँग शिक्षण सिकाइलाई जोडेका छौं ।’ उनका अनुसार विद्यालयले भर्नाका लागि निश्चित कोटा तोकेर पठनपाठनलाई व्यवस्थित बनाउने प्रयत्न गरेको छ ।
विद्यालयका प्रिन्सिपल अविन महर्जनले पाठ्यक्रमको आधारमा एक्सन प्लान निर्माण गरेर पठनपाठन गर्ने उत्कृष्ट विधि अवलम्बन गरिएको जानकारी दिए । उनले निरन्तर मूल्यांकनलाई प्राथमिकता दिइएको र विद्यार्थीमा पठन संस्कृतिको विकास गर्न जोड दिइएको बताए ।
विद्यालयका गतिविधिहरूको विस्तृत विवरणमा ३० जना मात्र विद्यार्थी रहेको कक्षा, १९० दिन पूर्ण पठनपाठन, १५ दिन बिषयगत सीप परिक्षण, ८ दिन एकाइ परिक्षण र २८ दिन पूर्ण परिक्षा लगायत समावेश गरिएको छ । साथै, पुस्तकविहीन सिकाइ, सूचना प्रविधिको प्रयोग, अनलाइन गृहकार्य, र विषयगत श्रेणीकरण जस्ता विधिहरू समेत कार्यान्वयन गरिने जानकारी दिइएको छ ।
त्यस्तै विद्यालयले शिक्षण विधिमा नवीनतम प्रविधिको प्रयोग गर्दै विद्यार्थीलाई मूल्य, शान्ति, धर्म, अन्तर्राष्ट्रिय विचार, कला, संगीत, पर्यावरणीय चेतना, पुस्तक अध्ययन तथा अनुसन्धानमा जोड दिने नीति लिएको छ ।
