
Ddhbs
Amb
gms
Gsbus
Ssbus
Pbu
Jsbus
Bksbus5
Ratbs
Csbus
dsbus
Rbs
Nssbus7
Gsl

Sbs
Tsm
Bbbpu
Wsp
Gst
Rgu
Hal
Rgs
Sls
Asm
Ggd
Rgu
Rsb
Pvg
Vor
nsb
Bbu
Ssm
Ksm

Ptm
sab
Jmb
Rmb
Mks
Gsb
Jmb
Bml
bbt
Pls
Abd
Syp
Rpp
दाङ । देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर २ लालमटियामा रहेको गोरखा आइडियल स्कुलले कक्षा ८ को परिक्षामा शतप्रतिशत नतिजा ल्याएको छ । गत चैत ३० गते राप्ती गाउँपालिकाले प्रकाशित गरेको परिक्षाफलको नतिजामा गोरखा आइडियलबाट ५२ जना विद्यार्थी सम्मेलित परिक्षामा ५२ जना विद्यार्थी पास हुन सफल भएको स्कुलका प्रिन्सिपल बसन्त बहादुर पुनले बताए ।
यसै बीच कक्षा ८ को परिक्षामा सफल भएका ५२ जना विद्यार्थी, उनका अभिभावक र विषयगत शिक्षकहरूलाई विद्यालयले एक समारोहका बीच आइतबार सम्मान गरेको छ । विद्यालय व्यवस्थापन समितिका सदस्य लोकमान रिजालको अध्यक्षता एवम् गोरखा ग्रुपका अध्यक्ष विष्णुप्रसाद घर्ती मगरको प्रमुख आतिथ्यतामा सम्मान कार्यक्रम भएको हो । परिक्षामा सफल विद्यार्थी, अभिभावक र शिक्षकलाई प्रमुख अतिथिले टीका, माला लगाएर सम्मान गरेका थिए । सो अवसरमा विद्यालयका प्रिन्सिपल बसन्त बहादुर पुनले विद्यालय वार्षिक प्रगति विवरण तथा आगामी योजनाका बारेमा जानकारी गराएका थिए । उनले शैक्षिक उपलब्धिका रूपमा शैक्षिकसत्र २०८०/०८१ अन्तरगत २०८० मा कक्षा ८ को परिक्षामा राप्ती गाउँपालिका प्रथम, २०८१ को कक्षा ८ कै परिक्षामा शतप्रतिशत विद्यार्थी पास र एसईई परिक्षामा शतप्रतिशत विद्यार्थी पास भएको बताए ।
यस्तै प्रिन्सिपल पुनले यस शैक्षिकसत्रमा कक्षा कोठाहरुलाई थप प्रविधिमैत्री बनाएर लैजाने, विद्यार्थीहरुलाई परामर्श कक्षा र अभिभावकहरुलाई अभिभावक शिक्षा दिने, त्यस्तै शैक्षिक क्यालेण्डरमा उल्लेखित कार्यक्रमहरुलाई अक्षरांश पालाना गर्ने बताए ।
त्यस्तै उनले शैक्षिकसत्र २०८२ का लागि नयाँ विद्यार्थी भर्ना फारम वितरण वैशाख २ गते बाट गर्ने, नयाँ विद्यार्थी भर्ना प्रवेश परीक्षा वैशाख ६ गते गर्ने, पठनपाठन वैशाख ७ गतेबाट गर्ने बताए । गोरखा ग्रुप दाङको नीति अनुरूप प्रतिकक्षा विद्यार्थी संख्या नर्सरी देखि युकेजी सम्म ३० जना, कक्षा १ देखि कक्षा ५सम्म प्रति कक्षा ३२ विद्यार्थी, कक्षा ६ देखि कक्षा १० सम्म प्रति कक्षा ३६ जना विद्यार्थी राख्ने बताए ।
स्कुलले शिक्षण सिकाइलाई प्रभावकारी र व्यवहारिक बनाउनको लागि तहगत रुपमा विभिन्न कार्यक्रम लागु गरेको तथा कार्यक्रमको प्रभावकारिताका लागि विभिन्न तहमा विषयगत र विषयक्षेत्रका विशिष्ट व्यक्तिहरुलाई विद्यालय सँग जोडेको प्रिन्सिपल पुनले बताए । पूर्व प्राथमिक तथा प्राथमिक तहमा मन्टेश्वरी कार्यक्रम अन्तर्गत सिपिएस र सिपि आर एस कार्यक्रम, आधारभूत तहमा कक्षा शिक्षण एवं सृजनशिलता विकासका लागि परियोजना आधारित सिकाई र माध्यमिक तहमा शैक्षिक अवलोकन, परियोजना कार्य तथा जीवन उपयोगी परामर्श कार्यक्रम लागु गरेको उनले बताए । उनले विद्यार्थीका हस्तलेखन सुधारका लागी अक्षर सुधार लेखन, योगा र लागुऔषध दुव्र्यसन शिक्षा दिइरहेको बताए ।
विद्यार्थी स्वास्थ्य परामर्श तथा किशोर किशोरी स्वास्थ्य एवं प्रजनन शिक्षा, समय–समयमा कानुनी परामर्श साइबर अपराध, लैगिंक हिंसा विपत् व्यवस्थापन, ट्राफिक सचेतना कार्यक्रम सञ्चालन भइरहेको प्रिन्सिपल पुनले बताए । विद्यार्थीका सिर्जनशिलता, दक्षता एवं नेतृत्व विकासको लागी फिल्ड भिजिट, ग्रुप वर्ककिङ, रिपोर्ट राइटिङका लागी प्राथमिकता दिदै शिक्षण सिकाइ कार्यकलापलाई अगाडी बढाएको समेत प्रिन्सिपल पुनले बताए ।
त्यस्तै उनले संस्थागत सामाजिक उत्तरदायित्व वहन गर्दै नेपाली सेनाका सन्ततीहरुलाई कल्याणकारी छात्रवृति प्रदान गर्दै आएको र सिपि नेपाल लगायत धेरै संस्थाहरु सँग सिफारिस अनुरुप बालबालिकालाई विद्यालयसम्म पंहुच बढाएको बताए । सो स्कुलमा ३ वटा भवनमा ४० वटा कोठा, २५ वटा शिक्षण कोठा, ८ वटा शौचालय, १ वटा चमेनागृह, १ वटा पुस्तकालय, २ वटा सटोर कक्षा, २ वटा प्रशासनिक कोठा, १ वटा विज्ञान ल्याव कोठा रहेका छन् । त्यस्तै कुल ७ सय ६८ विद्यार्थी मध्ये प्ले ग्रुपमा २८ जना विद्यार्थी रहेका छन् । भने नर्सरीमा ६० जना, एल.के.जीमा ५४ जना, यु.के.जी मा ६३ जना, कक्षा १ मा ७६ जना, कक्षा २ मा ३८ जना, कक्षा ३ मा ५५ जना, कक्षा ४ मा ७२ जना, कक्षा ५ मा ७३ जना विद्यार्थी रहेका छन् । त्यस्तै कक्षा ६ मा ६७ जना, कक्षा ७ मा ६२ जना, कक्षा ८ मा ५२ जना, कक्षा ९ मा ४३ जना, कक्षा १० मा २५ जना विद्यार्थी रहेका छन् । त्यस्तै कुल ४३ जना शिक्षक कर्मचारी मध्ये ३२ जना पूर्णकालिन शिक्षक, ११ जना कर्मचारी रहेको प्रिन्सिपल पुनले बताए ।
