
Ssbus
dsbus
Ddhbs
Rbs
Jsbus
Csbus
Amb
Nssbus7
Bksbus5
Gsbus
Gsl
Ratbs
Pbu
gms

Ksm
Vor
Ssm
Pvg
Tsm
Ggd
Rgu
Rgu
Bbu
Wsp
Sls
Asm
Gst
Bbbpu
Hal
nsb
Rsb
Rgs
Sbs

Abd
Ptm
Rmb
Jmb
Rpp
bbt
Syp
Gsb
Pls
sab
Jmb
Bml
Mks
दाङ । गुरुकुल एकेडेमी लमहीले पत्रकार सम्मेलन गर्दै आगामी शैक्षिक सत्र २०८२ को योजना मंगलबार सार्वजनिक गरेको छ ।
विद्यालयले शिक्षालाई व्यवहारिक,जीवनमुखी र समाजसँग जोड्ने उद्देश्यका साथ नयाँ योजना अघि सारेको जनाएको छ । विद्यालय सञ्चालक समितिका अध्यक्ष अनन्तराज घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा घिमिरेले विद्यालय स्थापना शिक्षालाई जीवनमुखी बनाउने,पूर्ण मानव निर्माण गर्ने,परम्परा र प्रविधिको संगम गराउने,समावेशी र गुणस्तरीय शिक्षा दिने उद्देश्यले गरिएको जानकारी दिए। उनका अनुसार अब लमहीमै कक्षा ९ सम्मको पढाइ सञ्चालन गरिनेछ ।
कार्यक्रममा प्रधानाध्यापक सुरज खनालले विद्यालयले स्थापना भएको एक वर्ष पूरा गरिसकेको जानकारी गराउँदै पहिलो शैक्षिक सत्र सफलतापूर्वक सम्पन्न गरिएको बताए । उनले शिक्षालाई मात्र सेतो ह्वाइटबोर्ड र मार्करमा सीमित नराखी व्यवहारिक सिप, सामाजिक ज्ञान र नेतृत्व क्षमताको विकासमा जोड दिइएको बताए । विद्यालयले आत्मनिर्भर, नेतृत्वशील र सामाजिक उत्तरदायित्व बोेकेका विद्यार्थी उत्पादन गर्न सफल भएको खनालले दाबी गरे । मन्टेश्वरी संयोजक काजल न्यौपाने र विद्यालय संयोजक एलिसा शर्माले सिकाइको वातावरण उत्साहजनक रहेकाले विद्यार्थीहरूमा आत्मविश्वास अभिवृद्धि गर्न विद्यालय सफल भएको धारणा राखे ।
शैक्षिक निर्देशक अपर्णा घोषले विद्यालयमा नैतिक शिक्षालाई विशेष प्राथमिकतामा राखेर कार्य भइरहेको बताए । साथै शैक्षिक सत्र २०८२ को भर्नाका कार्यक्रमको लागि विद्यालयले विशेष छुटको ब्यबस्था गरेको पनि विद्यालयले बताएको छ । लमही उद्योग बाणिँज्य संघ, च्याम्बर अफ कमर्स , बैँक तथा बित्तिय संस्था,एनजिओ ÷आइएन्जिओ तथा नेपाल पत्रकार महासंघका सदस्यहरुको लागि भर्ना शुल्कमा १० प्रतिशत छुट गरीने विद्यालयले जानकारी दिएको छ । त्यसको लागि सम्बन्धित संस्थाबाट सदस्यताको सिफारीस लिएर आउनुपर्ने पनि विद्यालयले जनाएको छ ।
उक्त कार्यक्रममा पत्रकारहरु केपी घिमिरे,लिला शाह, दशरथ घिमिरे,भानु जोशी लगायतले जिज्ञासा राखेका थिए ।
विद्यालय सञ्चालक समितिका सदस्य कमलजंग सिंह ठकुरीले मन्तब्य व्यक्त गरेका थिए भने कार्यक्रमको सहजकिरण विद्यालयका प्रशासन प्रमुख सतिस पौडेलले गरेका थिए ।
