
Csbus
Ratbs
Gsbus
Bksbus5
Pbu
dsbus
Ssbus
Amb
Nssbus7
Rbs
Jsbus
Gsl
Ddhbs
gms

Rgu
Ksm
Ssm
Tsm
Sbs
Bbu
Wsp
Ggd
Sls
Gst
Asm
Rgs
Hal
Rsb
Vor
Rgu
nsb
Bbbpu
Pvg

sab
Ptm
Rmb
Syp
Bml
Jmb
Mks
Rpp
Gsb
bbt
Abd
Pls
Jmb
दाङ । देउखुरीमा लमहीमा रहेको गोरखा मोडेल सेकेण्डरी स्कुलले शैक्षिकसत्र २०८२ देखि कक्षा कोठाहरुलाई थप प्रविधिमैत्री बनाएर लैजाने भएको छ ।
बिहिवार स्कुलले पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरि सो विषयमा जानकारी गराएको हो । स्कुलका प्रधानाध्यापक लोकमान रिजालले स्कुलको आगामी शैक्षिकसत्रको विद्यालय योजनाका विषयमा जानकारी दिदै सो विषयमा जानकारी गराएका हुन् । त्यस्तै उनले विद्यार्थीहरुलाई परामर्श कक्षा र अभिभावकहरुलाई अभिभावक शिक्षा दिने, त्यस्तै शैक्षिक क्यालेण्डरमा उल्लेखित कार्यक्रमहरुलाई अक्षरांश पालाना गर्ने बताए ।
प्रधानाध्यापक रिजालले २०८०÷०८१ को शैक्षिक उपलब्धीको रुपमा स्कुलको स्थापना काल देखि देउखुरी क्षेत्रमा सर्वोत्कृष्ट नतिजा, गत वर्षको कक्षा ८, एसर्ईई र कक्षा १२ जना नतिजा तथा शैक्षिक उपलब्धी तथा अन्य अतिरिक्त क्रियाकलापलाई लिएको बताए । उनका अनुसार कक्षा ८ मा छात्र छात्रा दुवै तर्फ लमही नगर प्रथम, एसईईमा ए प्लस सहित ८ जना अर्थात ९७.३४ प्रतिशत पास हुन सफल भएको, कक्षा १२ को विज्ञान विषयमा छात्र छात्रा दुवै तर्फ ९४.८६ प्रतिशत सहित देउखुरी प्रथम र व्यवस्थापन विषयमा छात्र तर्फ जिल्ला द्धितीय एवं लमही नगरपालिका द्धितिय, तृतीय छात्रा तर्फ देउखुरी प्रथम, द्धितीय र तृतीय तथा २० जना ए प्लस ल्याउन सफल भएको बताए । भने आई ओ एम र आई. ओ.ई परिक्षामा पूर्ण छात्रवृत्तिमा १० जना, सशुल्कमा २० जना रहेको प्रधानाध्यापक रिजालले बताए ।
त्यस्तै सि.सि.ए तर्फ २०८०÷०८१ मा विभिन्न संघसंस्था तथा कार्यालयले आयोजना गरेको विभिन्न अतिरिक्त क्रियाकलापमा समेत देउखुरी प्रथम, प्रथम, द्धितीय, देउखुरी द्धितीय, तृतीय, जिल्ला तृतीय, जिल्ला सान्त्वना, सान्त्वना स्थान हासिल गरेको समेत बताए । उनले शैक्षिकसत्र २०८१ को कक्षा नर्सरी देखि कक्षा ७ सम्म र कक्षा ९ को नतिजा यहि चैत २३ गते भित्र प्रकाशन गर्ने, शैक्षिकसत्र २०८२ का लागि नयाँ विद्यार्थी भर्ना फारम वितरण चैत २१ ग्ते बाट र भर्ना प्रवेश परिक्षा वेशाख ६ गतेबाट गर्ने तयारी रहेको बताए ।
गोरखा ग्रुप दाङको नीति अनुरुप प्रतिकक्षा विद्यार्थी संख्या नर्सरी देखि युकेजी सम्म ३०, कक्षा १ देखि ५ सम्म प्रति कक्षा ३२ विद्यार्थी, कक्षा ६ देखि कक्षा ८ सम्म प्रति कक्षाा ३६ विद्यार्थी र कक्षा ९ देखि १२ सम्म प्रति कक्षा ३६ जना विद्यार्थी संख्या राख्ने प्रधानाध्यापक रिजालले बताए । स्कुलले शिक्षण सिकाइलाई प्रभावकारी र व्यवहारिक बनाउनको लागि तहगत रुपमा विभिन्न कार्यक्रम लागु गरेको तथा कार्यक्रमको प्रभावकारिताका लागि विभिन्न तहमा विषयगत र विषयक्षेत्रका विशिष्ट व्यक्तिहरुलाई विद्यालय सँग जोडेको प्रधानाध्यापक रिजालले बताए ।
पूर्व पाथमिक तथा प्राथमिक तहमा मन्टेश्वरी कार्यक्रम अन्तर्गत सिपिएस र सिपि आर एस कार्यक्रम, आधारभूत तहमा कक्षा शिक्षण एवं सृजनशिलता विकासका लागि परियोजना आधारित सिकाई र माध्यमिक तहमा शैक्षिक अवलोकन, परियोजना कार्य तथा जीवन उपयोगी परामर्श कार्यक्रम लागु गरेको उनले बताए । उहाँले विद्यार्थीका हस्तलेखन सुधारका लागी अक्षर सुधार लेखन, योगा र लागुऔषध दुव्र्यसन शिक्षा दिइरहेको बताए ।
विद्यार्थी स्वास्थ्य परामर्श तथा किशोर किशोरी स्वास्थ्य एवं प्रजनन शिक्षा, समय–समयमा कानुनी परामर्श साइबर अपराध, लैगिंक हिंसा विपत् व्यवस्थापन, ट्राफिक सचेतना कार्यक्रम सञ्चालन भइरहेको प्रधानाध्यापक रिजालले बताए । विद्यार्थीका सिर्जनशिलता, दक्षता एवं नेतृत्व विकासको लागी पिल्ड भिजिट, ग्रुप वर्ककिङ, रिपोर्ट राइटिङका लागी प्राथमिकता दिदै शिक्षण सिकाइ कार्यकलापलाई अगाडी बढाएको समेत प्रधानाध्यापक रिजालले बताए ।
त्यस्तै उनले संस्थागत सामाजिक उत्तरदायित्व वहन गर्दै नेपाली सेनाका सन्ततीहरुलाई कल्याणकारी छात्रवृति प्रदान गर्दै आएको र सिपि नेपाल लगायत धेरै संस्थाहरु सँग सिफारिस अनुरुप बालबालिकालाई विद्यालयसम्म पंहुच बढाएको बताए । सो स्कुलमा ८ वटा भवनमा ६७ वटा कोठा, ६२ वटा शिक्षण कोठा, ३ वटा शौचालय, १ वटा चमेनागृह, १ वटा पुस्तकालय, २ वटा सटोर कक्षा, ५ वटा प्रशासनिक कोठा, ३ वटा ल्याव कोठा र ४ वटा भाडामा लिएको कोठा रहेका छन् ।
त्यस्तै प्ले ग्रुपमा ४९ जना विद्यार्थी रहेका छन् । भने नर्सरीमा २ वटा कक्षामा ६० जना, एल.के.जीमा २ वटा कक्षामा ६७ जना, यु.के.जी मा २ वटा कक्षामा ८८ जना, कक्षा १ मा ३ वटा सेक्सनमा १ सय ११ जना, कक्षा २ मा ४ वटा सेक्सनमा १ सय ३५ जना, कक्षा ३ मा ४ वटा सेक्सनमा १ सय ३६ जना, कक्षा ४ मा ४ वटा सेक्सनमा १ सय ४८ जना, कक्षा ५ मा ४ वटा सेक्सनमा १ सय ३९ जना विद्यार्थी रहेका छन् ।
त्यस्तै कक्षा ६ मा ४ वटा सेक्सनमा १ सय ५१ जना, कक्षा ७ मा ४ वटा सेक्सनमा १ सय ३६ जना, कक्षा ८ मा ४ वटा सेक्सनमा १ सय ४३ जना, कक्षा ९ मा ४ वटा सेक्सनमा १ सय ४६ जना, कक्षा १० मा ३ वटा सेक्सनमा १ सय २५ जना, कक्षा ११ विज्ञानमा ३ वटा सेक्सनमा १ सय २४ जना, कक्षा १२ विज्ञानमा ३ वटा सेक्सनमा १ सय ३३ जना विद्यार्थी रहेका छन् ।
कक्षा ११ व्यवस्थापन ४ वटा सेक्सनमा १ सय ५९ जना, कक्षा १२ व्यवस्थापन ४ वटा सेक्सनमा १ सय ७९ जना गरि कुल छात्र संख्या १ हजार १ सय ७७ र छात्रा १ हजार ११ जना गरी कुल ५८ वटा सेक्सनमा कुल २ हजार २ सय ३० जना विद्यार्थी रहेका छन् ।
त्यस्तै कुल १ सय १४ जना शिक्षक कर्मचारी मध्ये ७ जना पूर्णकालिन शिक्षक, ९ जना आंशिक शिक्षक र ३४ जना कर्मचारी रहेको विद्यालय प्रशासनले बताएको छ । पत्रकार भेटघाट कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य लिला शाह, प्रदेश सदस्य ओमप्रकाश गुप्ता, जिल्ला सदस्य टेकबहादुर पुन, अग्रज पत्रकारहरु राधेश्याम गुप्ता, महेश रिजाल, पत्रकारहरु दुखहरण यादव, प्रिया स्मृति गजमेर, शिवु खनाल, मेगमन बुढा र विभिन्न तहका शिक्षक, शिक्षिका तथा पत्रकारहरुको सहभागिता रहेको थियो ।
