
Csbus
Gsl
dsbus
Nssbus7
gms
Jsbus
Pbu
Rbs
Ssbus
Bksbus5
Ddhbs
Amb
Gsbus
Ratbs

Ksm
Wsp
Bbu
Ggd
Rgu
Tsm
Rsb
nsb
Hal
Pvg
Sls
Rgu
Bbbpu
Gst
Ssm
Asm
Rgs
Vor
Sbs

bbt
Ptm
sab
Abd
Bml
Syp
Jmb
Rmb
Rpp
Pls
Jmb
Mks
Gsb
काठमाडौँ । आजदेखि देशभरका शिक्षकहरुले काठमाडौँमा शैक्षिक सडक आन्दोलन गर्ने भएका छन् । माघ २० गतेदेखि आन्दोलनमा रहेको नेपाल शिक्षक महासङ्घले आजदेखि काठमाडौँ जाऔँ अभियान अन्तर्गत अनिश्चितकालीन सडक आन्दोलन गर्न लागेका हुन् ।
आन्दोलनबारे जानकारी दिन मंगलबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले संसदमा छलफलमा रहेको विद्यालय शिक्षा विधेयक यथाशीघ्र जारी गर्न मागसहित आन्दोलन थालिएको बताए।
त्यस्तै आज दिउँसो विभिन्न स्थानबाट र्यालीसहित निस्केर माइतीघर मण्डलामा भेला हुने कार्यक्रम रहेको छ । अपराह्न ४ बजेसम्म हुने प्रदर्शन माइतीघरबाट बानेश्वर पुग्नेछ । भोलिबाट हरेक दिन बिहान ११ बजेदेखि ४ बजेसम्म माइतीघर बानेश्वर सडक खण्डमा भेला भएर प्रदर्शन गर्ने कार्यक्रम रहेको अध्यक्ष सुवेदीले बताए।
गुणस्तरीय विद्यालय शिक्षा, विद्यार्थी र शिक्षक कर्मचारीमैत्री अग्रगामी विद्यालय शिक्षा ऐन जारी गराउन राज्यपक्षलाई बाध्य पार्न आन्दोलन गर्न लागिएको अध्यक्ष सुवेदीले बताए । आन्दोलनमा देशभरका सबै शिक्षक कर्मचारी सहभागी हुने उनले बताए । काठमाडौँ आएका शिक्षक कर्मचारी विद्यालय शिक्षा ऐन जारी नहुँदासम्म काठमाडौँबाट नफर्किने बताए ।
