
Gsbus
Amb
Csbus
gms
Gsl
Pbu
Ssbus
Ddhbs
Nssbus7
Jsbus
Bksbus5
dsbus
Ratbs
Rbs

Vor
nsb
Bbu
Ksm
Wsp
Pvg
Rgu
Asm
Rgu
Gst
Ssm
Ggd
Rsb
Rgs
Tsm
Sls
Sbs
Hal
Bbbpu

sab
Abd
Jmb
Syp
Rpp
bbt
Gsb
Ptm
Mks
Jmb
Bml
Pls
Rmb
काठमाडौँ । नेविसंघले निर्वाचन गराउनुपर्ने माग राख्दै आरआर क्याम्पस अगाडि प्रदर्शन गरेको छ । आरआर गेट अगाडि भेला भएका नेविसंघ नेता कार्यकर्ताले निर्वाचनको माग गर्दै आज नाराबाजी गरेका हुन् ।
त्यस्तै उनीहरूले तत्काल स्ववियु निर्वाचन हुनुपर्ने माग गरेका छन् । क्याम्पस प्रवेशद्वारामा तालाबन्दी भएको र प्रतिकुल अवस्था सृजना भन्दै कलेज प्रशासनले आज बिहान निर्वाचन स्थगित गरेको थियो ।
यस्तै सरोकारवाला सम्पूर्ण पक्षसँग छलफल गरी निर्वाचनको अर्को मिति तय गरिने बताइएको छ । सत्तारुढ एमाले निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुले गएराति क्याम्पसमा तालाबन्दी गरेको थियो ।
त्यस्तै निर्वाचनको अघिल्लो दिन क्याम्पस प्रशासन र कर्मचारीको मिलेमतोमा फर्जी डिजिटल कार्ड बनेको र फरक–फरक डिजिटल कार्ड प्रशासनबाटै जारी भएको भेटिएकाले आफूहरूको गम्भीर ध्यानाकर्षण भएको भन्दै अखिलका सम्बन्धित पदाधिकारीले विज्ञप्ति जारी गरेका छन् ।
