
Ssbus
Gsl
Gsbus
gms
Jsbus
Ddhbs
dsbus
syysr
Ratbs
Csbus
Pbu
Nssbus7
Syees
Bksbus5
Rbs
Amb

Wsp
Tsm
Sls
Pvg
Ggd
Bbbpu
Rgs
Hal
Ssm
Rgu
Rgu
Sbs
Bbu
Vor
Gst
Ksm
Asm
Rsb
nsb

Mks
Rmb
Abd
Jmb
Jmb
bbt
Bml
sab
Ptm
Gsb
Rpp
Pls
Syp
दाङ । देउखुरीको लमहीमा ज्ञानज्योती फाउण्डेसनद्वारा सञ्चालित ज्ञानज्योती मोडेल स्कुलको शुभारम्भ गरिएको छ ।
लमही स्थित सनलाईट मोडर्न स्कुललाई ज्ञानज्योतीमा परिणत गरि शुभारम्भ गरिएको हो । सनलाईट मोडर्नको २८ औँ बार्षिकोत्सबको अबसर पारी शिक्षामा थप बिकाश गर्न ज्ञानज्योती स्कुलको स्थापना गरिएको हो । सनलाइट मोडर्न स्कुलको वार्षिकोत्सव तथा ज्ञान ज्योति मोडेल स्कुल लमहीको शुभारम्भ एक कार्यक्रमको आयोजना गरि समुद्घाटन गरिएको छ । शनिवार विद्यालयमा विविध कार्यक्रम गरी वार्षिकोत्सव मनाइएको हो ।
त्यस्तै कार्यक्रमलाई उद्घाटन गर्दै जिल्ला शिक्षा समन्वय समिति दाङका प्रमुख देवमणी चौधरीले गुणस्तरीय शिक्षा प्रदान गर्न ज्ञानज्योति मोडेल स्कुल प्रतिबद्ध हुनुपर्ने कुरामा जोड दिए । उनले सर्वसुलभ मूल्यमा गुणस्तरीय शिक्षा प्रदान गरी मुलुकका लागि आवश्यक जनशक्ति उत्पादन गर्न ज्ञाज ज्योति मोडेल स्कुल प्रतिबद्ध हुनुपर्ने बताएका हुन । कार्यक्रमका प्रमुख अतिथी समेत रहेका शिक्षा समिती दाङका प्रमुख चौधरीले ज्ञानज्योति मोडेल स्कुलले मुलुकको आवश्यकता अनुसार दक्ष जनशक्तिको उत्पादन गरेर मुलुकका विभिन्न क्षेत्रमा आवश्यक पर्ने जनशक्तिको खाँचोलाई पूर्ति गर्न सहयोग पुर्याउनुपर्ने तर्क राखे ।
‘मुलुकमा ज्ञानज्योति मोडेल स्कुलको संख्या बढ्दै जानु राम्रो कुरा हो । यसले उच्च शिक्षामा सबैको सहज र सरल पहुँच स्थापित गर्न मद्दत पुग्दछ, उनले भने,–। ‘तर ज्ञानज्योति मोडेल स्कुलको संख्यात्मक वृद्धिसँगै शिक्षाको गुणस्तर पनि उच्च बनाइराख्ने कार्य चुनौतीपूर्ण छ ।’ ज्ञानज्योति मोडेल स्कुलले आफूलाई गुणस्तरका क्षेत्रमा अब्बल सावित गर्नुपर्नेमा जोड दिँदै उनले विद्यार्थीलाई कोरा सैद्धान्तिक ज्ञानभन्दा पनि जीवनोपयोगी, रोजगारीमूलक तथा समाज र देशलाई रूपान्तरण गर्न सहयोग पुर्याउने उच्च शिक्षाको प्रवर्द्वनमा ध्यान दिनुपर्नेमा जोड दिए ।
यस्तै कार्यक्रममा राष्ट्रिय परिक्षा बोर्ड दाङका प्रमुख कमल अर्यालले ज्ञानज्योति मोडेल स्कुलको विशिष्टता र पहिचानलाई जोगाउँदै फरक र विशिष्ट हुने गरी शैक्षिक तथा प्राज्ञिक कार्यक्रम सञ्चालन गर्न सुझाव दिए । उनले सोही अनुसार आफ्ना पाठ्यक्रमको निर्माण तथा शैक्षिक कार्यक्रम सञ्चालन गरी अघि बढ्न आग्रह गरे । उनले भने,–। ‘देश विकासको आधार नै गुणस्तरीय शिक्षा हो । कुनै मुलुक समृद्ध छ भन्नुको तात्पर्य त्यो मुलुक शिक्षाको क्षेत्रमा अब्बल छ भन्ने बुझिन्छ ।’ ‘सो मुलुकलाई चाहिने हरप्रकारका जनशक्ति प्रचुर मात्रामा रहेछ भन्न सकिन्छ । देशले शिक्षा क्षेत्रमा उल्लेख्य मात्रमा लगानी गरेको ठहर्छ । राज्यले तय गरेको नीतिले नै नागरिकलाई गुणस्तरीय शिक्षा दिई सक्षम बनाउन मद्दत गर्दछ ।’
त्यस्तै ज्ञान ज्योति फाउन्डेसनका संस्थापक अध्यक्ष टिकाबहादुर जिसीको अध्यक्षता एवम् जिल्ला शिक्षा विकास समितिका प्रमुख देवमणी चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा ज्ञानज्योति फाउन्डेसनका सिईओ सुरेन्द्र जिसी, सनलाइट स्कुलका निवर्तमान प्राचार्य रेशमबहादुर बुढामगर, निवर्तमान अध्यक्ष शेषमणी गौतम, शिक्षक मुध न्यौपाने, लमही नगरपालिकाका पूर्व नगर प्रमुख कुलबहादुर केसी, ज्ञानज्योति स्कुल लमहीका प्राचार्य राजु यादव, शिक्षिका चमेली पुन मगर, लगायतले बोलेका थिए । कार्यक्रमको सहजिकरण ज्ञान ज्योति स्कुल तुलसीपुरका मिडिया कोडिनेटर सन्तोष केसी र शिक्षक शोमराज बस्नेतले संयुक्त रुपमा गरेका थिए ।
कार्यक्रममा बिद्यार्थीहरु विभिन्न साँस्कृतिक प्रस्तुतीहरु प्रस्तुत गरेका थिए । साथै चर्चित गायक अर्जुन सापकोटाले अतिथी, विद्यार्थी, अभिभाबक, शिक्षक शिक्षिका सबैलाई छमछमी नचाएका थिए । सनलाईट स्कुल भएकै स्थानबाट ज्ञानज्योतीले आफ्नो शैक्षिक सेवा सुरु गरेको छ । ज्ञानज्योतीले लमही शाखा सँगै देशैभर १४ स्थानबाट शिक्षा प्रदान गरिरहेको छ । लमही क्षेत्रको पहिलो निजि बिद्यालय ‘सनलाईट’ २८ बर्षपछि ज्ञानज्योतीमा परिणत भएपछि ‘सनलाईट’ नाम भने हराउनेछ ।
