
Gsbr-6
Msbg-2
Jsbr-3
Csbg-7
ksbl-7
Usbl-7
Gsbg-3
Jsbg-7
Rksr-7
Pbu


रोल्पा । घुस रकम सहित पक्राउ परेका जिल्ला ट्राफिक प्रहरी कार्यालय रोल्पाका प्रमुख (प्रहरी नायब निरीक्षक) ललित कुमार बुढाथोकी भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् ।
मंगलबार विशेष अदालत काठमाडौंले उनलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई महिना अघि मात्रै उनीबिरुद्ध बिशेष अदालतमा मुद्दा दाएर गरेको थियो । जिल्ला ट्राफिक प्रहरी कार्यालय रोल्पामा कार्यालय प्रमुखको रुपमा रहदा उनी २५ हजार घुससहित पक्राउ परेका थिए । उनलाई तीन महिना कैद तथा २५ हजार रुपैयाँ जरिवाना र १ हजार रुपैयाँ क्षतिपूर्ति शूल्कवापत पीडित राहत कोषमा भराउने फैसला भएको छ ।
त्यस्तै सो मुद्दामा विशेषका सदस्यहरु तेजनारायण सिंह राई, रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजालसले फैसला गरेको थियो । विशेष अदालतका अनुसार अदालतमा पेश भएको अडियो,भिडियो संवाद तथा उजुरीमा उल्लिखित र बरामद नोटका नम्बर भिडियोको आधारमा उनी दोषी ठहर भएका हुन् । उनले सवारी साधनलाई आवत जावतमा सहजीकरण गरिदिए वापत घूस मागिरहेको सूचनामा खटिएको अख्तियारको टोलीले बुढाथोकीको सिरानी मुनिबाट २५ हजार घूस रकम बरामद गरेको थियो ।
