Sidha Patra सोमबार, फाल्गुण १९, २०८१

दाङ । मादक पदार्थ सेवन गर्दा भएको विवादमा दाङकी एक महिलाको हत्या गर्ने व्यक्तीलाई प्रहरीले पक्राउ गरेको छ ।

त्यस्तै पक्राउ पर्नेमा रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर–१२ बस्ने ४२ वर्षीय अमिरीका थारु भनेर चिनिने अजय थारु रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

प्रहरीका अनुसार रुपन्देहीमा सँगै मजदुरी काम गर्ने दाङको लमही नगरपालिका–७ की ४० वर्षीया सङ्गीता चौधरीको हत्या गरेको अभियोगमा उनलाई पक्राउ गरिएको हो । दुदैजनाबिच मादक पदार्थ सेवन गर्दा भएको विवादमा महिलाको हत्या भएको खुलेको प्रहरीले जनाएको छ ।

यस्तै प्रहरीका अनुसार गत फागुन ८ गते रुपन्देहीको बेथरी–बुटवल सडक खण्डमा पर्ने सियारी गाउँपालिका–२, भगदरी स्थित सडकको किनाराको खेतमा परालले छोपिएको अवस्थामा सङ्गीताको हत्या गरिएको शव फेला परेको थियो । स्निफिङ कुकु रसहितको प्रहरी अनुसन्धान टोलीले उक्त घटनाको अनुसन्धान गरेको आधारमा अभियुक्त थारुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी तथा डिएसपी सुरज कार्कीले जानकारी दिए ।

त्यस्तै घटनास्थलबाट प्रहरीले हत्यामा प्रयोग गरिएको २ वटा ढुङ्गा, मृतकले प्रयोग गर्ने एक थान मोबाइल, चप्पल, टोपी बरामद गरेको छ भने अभियुक्तको साथबाट हत्या गर्दाको अवस्थामा लगाएको पाइन्ट र मृतकले प्रयोग गरेको साइकल बरामद गरेको छ ।‌ मादक पदार्थ सेवन गरी झै–झगडाका कारणबाट उनले नजिकै रहेको ढुङ्गाले हानेर हत्या गरेको प्रहरीले जनाएको छ । दुबैजना मजदुरीको काम गर्नेहरु रहेको खुल्न आएको डिएसपी कार्कीले जानकारी दिए ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]