
Rksr-7
Pbu
Msbg-2
Usbl-7
ksbl-7
Jsbg-7
Gsbg-3
Gsbr-6
Csbg-7
Jsbr-3


सर्लाही । सर्लाही प्रहरीले प्रतिबन्धित भारतीय नोट र स्रोत नखुलेको रकमसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
त्यस्तै पक्राउ परेकामध्ये एक भारतको सीतामढी मझौलियाका २४ वर्षीय आलोक कुमार तथा अर्का १९ वर्षीय ऋषभ कुमार रहेका छन् । उनीहरू मलङ्गवा–सोनवर्षा नाका हुँदै नेपाल प्रवेश गरेका थिए । मलङ्गवा नगरपालिका वडा नम्बर-८ स्थित गोरखकाली प्रहरी चौकी अगाडि शंका लागि चेकजाँच गर्दा आलोक कुमारको झोलाबाट प्रतिबन्धित भारतीय ५०० दरका २०० थान नोट बरामद भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डिएसपी सरोज राईले जानकारी दिए ।
यस्तै भारतीय नम्बर प्लेट (बीआर ३० एएम ०४६८) को मोटरसाइकलमा मलङ्गवातर्फ जाँदै गर्दा उनीहरूलाई नियन्त्रणमा लिइएको थियो । पक्राउ परेका युवकहरूलाई बरामद रकम सहित थप अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय, पथलैया पठाइएको प्रहरीले जनाएको छ ।
त्यस्तै यसअघि पनि सर्लाही प्रहरीले गोरखकाली प्रहरी चौकी अगाडिबाटै स्रोत नखुलेको सात लाख ५८ हजार ३१० रुपैयाँसहित भारत,सीतामढीका २२ वर्षीय चन्दनकुमार महतोलाई पक्राउ गरेको थियो ।
