
Gsbus
Ratbs
Rbs
Ddhbs
Pbu
Gsl
Csbus
Nssbus7
Amb
Bksbus5
dsbus
Ssbus
gms
Jsbus

Ggd
Ksm
Gst
Bbbpu
nsb
Wsp
Vor
Tsm
Bbu
Ssm
Rgs
Rgu
Rgu
Sls
Rsb
Pvg
Asm
Hal
Sbs

Jmb
Syp
bbt
Jmb
Mks
Abd
Bml
Pls
Rmb
Gsb
sab
Rpp
Ptm
काठमाडौं । संसद विघटन सम्बन्धी रिटमा आइतबारसम्म रिट निवेदक तर्फको बहस सकिएको छ । आइतबार रिट निवेदकहरुले बहस गरेर सकेपछि अब विपक्षीको बहस सोमबारदेखि सुरु हुने भएको हो ।
संवैधानिक इजलासको नेतृत्व गरिरहेका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले सोमबारदेखि विपक्षीको तर्फबाट बहस सुरु हुने जानकारी गराउनु भएको छ । संसद विघटनसम्बन्धी दर्ता भएका १३ वटा रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, राष्ट्रपति कार्यालय र सभामुख अग्निप्रसाद सापकोटालाई विपक्षी बनाइएको छ ।
त्यस्तै प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय र राष्ट्रपतिको कार्यालयका तर्फबाट महान्यायाधिवक्ता कार्यालयले बहस गर्ने छ । त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिरक्षाका लागि बहस गर्न निजी कानुन व्यवसायीले पनि नाम लेखाएका छन् । सभामुखको तर्फबाट पनि निजी कानुन व्यवसायीले बहस गर्ने भएका छन् ।
यस्तै गत पुस ५ गते सरकारले संसद विघटन गरेपछि त्यसविरुद्ध सर्वोच्च अदालतमा १३ वटा रिट निवेदन परेका थिए । उक्त संसद विघटन संवैधानिक वा असंवैधानिक भन्ने विषयमा केन्द्रित भएर माघ ४ गतेदेखि रिट निवेदक हरुले बहस सुरु गरेका थिए ।
