
Pbu
Amb
Nssbus7
Jsbus
Gsbus
syysr
Syees
dsbus
Ddhbs
Ratbs
Rbs
Csbus
gms
Gsl
Ssbus
Bksbus5

Bbu
nsb
Rsb
Bbbpu
Tsm
Gst
Sls
Asm
Vor
Rgs
Pvg
Wsp
Ggd
Ssm
Hal
Rgu
Sbs
Ksm
Rgu

sab
Gsb
Rmb
Syp
Mks
Abd
bbt
Ptm
Pls
Jmb
Rpp
Bml
Jmb
काठमाडौँ । मृतक फेलापरेकी प्रकृति लम्साल मृत्यु प्रकरणमा किट विश्वविद्यालयका २१ वर्षीय विद्यार्थी सहित ६ जना पक्राउ छन् ।
भारतीय राज्य ओडिसाको राजधानी भुवनेश्वरमा रहेको कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) अर्थात् किट विश्वविद्यालयको होस्टेलमा नेपाली विद्यार्थी प्रकृति लम्साल शंकास्पद अवस्थामा मृत भेटिएको घटना अनुसन्धानका लागि त्यहाँको प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार प्रकृतिसँग प्रेम सम्बन्ध रहेको भनिएका त्यही विश्वविद्यालयका भारतीय विद्यार्थी २१ वर्षीय आद्विक श्रीवास्तव, कलेजका मानव स्रोत महानिर्देशक ५९ वर्षीय शिवनन्द मिश्र,कलेजका प्रशासन निर्देशक ५० वर्षीय प्रतापकुमार चमुपती,छात्रावास निर्देशक ५९ वर्षीय सुधीरकुमार राठ तथा सुरक्षा गार्डहरू रमाकान्त नायक र जोगेन्द्र बेहेरालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
प्रकृति लम्साल मृत भेटिएपछि केआईआईटीमा अध्ययनरत नेपाली विद्यार्थी विरोधमा उत्रिँदा कलेज व्यवस्थापनले उनीहरूलाई कुटपिट गर्दै बलजफ्ती छात्रावासबाट निकालिएको थियो । यसअघि केआईआईटीले २ सुरक्षा गार्डलाई बर्खास्त र ३ कर्मचारीलाई निलम्बन गरेको थियो ।
त्यस्तै घटनाको निष्पक्ष छानबिन र दोषीलाई कानुनी कारबाहीका लागि नेपाल सरकारले पहल गरिरहेको जनाएको छ भने भारतीय पक्षले पनि यसका लागि प्रतिबद्ध भएको जनाएको छ ।
