
Gisld
Gmk
Ksm
Rbs
Mbdvs
Anm
Sds
mbd
gst
Pbu

Pvg
Wsp
Ggd
Tsm
Sbs
Rgu
Hal
Bbu
Ksm
Rgs
Sls
Rsb
nsb
Gst
Vor
Ssm
Asm
Rgu
Bbbpu

Gsb
Jmb
Abd
Rpp
Pls
Ptm
Jmb
Bml
sab
Syp
bbt
Rmb
Mks
रुपन्देहीको तिलोत्तमा नगरपालिकाले दैनिक ज्याला मजदुरीबाट छाक टार्नुपर्ने परिवारलाई चामल, दाल र नुन वितरण गर्ने भएको छ ।
लकडाउनका बेला मदजुरी बन्द भएपछि परिवारले खानै नपाउने अवस्था आउन सक्ने देखेपछि नगर क्षेत्रभित्रका विपन्न मजदुरका परिवारलाई १० किलोग्राम चामल, दुई किलो दाल र एक किलो नुन वितरण गर्न लागिएको नगरपालिकाले जनाएको छ । नगरप्रमुख बासुदेव घिमिरेले बिहीबार बसेको नगर कार्यकारी समितिको बैठकले त्यस्तो निर्णय गरेको बताए ।
उनका अनुसार लकडाउनका कारण रोजगारी गुमाएका विपन्न परिवारको संख्या नगरक्षेत्रमा ८ सयको हाराहारीमा छ । सम्बन्धित वडा कार्यालयको सिफारिसमा मजदुरका घरघरमै खाद्यन्न पु¥याउने व्यवस्था मिलाएको अध्यक्ष घिमिरेको भनाइ छ ।
