
Csbus
Syees
Ratbs
Gsbus
Ddhbs
Pbu
Bksbus5
Rbs
dsbus
syysr
Gsl
Nssbus7
gms
Jsbus
Ssbus
Amb

Rgu
Pvg
Ssm
Wsp
Bbbpu
nsb
Tsm
Asm
Hal
Sbs
Sls
Ggd
Vor
Rgu
Rsb
Ksm
Gst
Bbu
Rgs

Rpp
Pls
Bml
Syp
Jmb
Mks
Ptm
Rmb
Jmb
sab
Abd
Gsb
bbt
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई अमेरिका भ्रमणका लागि निम्तो दिएका छन् ।
रोयटर्सका अनुसार ट्रम्पले अर्को साता मोदीलाई भ्रमणमा आउनका लागि निम्तो दिएका हुन् । ट्रम्पले मोदीसँग जनवरी २७ तारिखमा टेलिफोनमा कुराकानी गरेका थिए । दुई जनाबीच आप्रवासी र भारतले अमेरिकामा बनेका सुरक्षाका सामान खरिद गर्ने विषयमा कुराकानी भएको रोयटर्सले लेखेको छ।
सोमबार अमेरिकाको सैन्य जहाजमा २०५ जना अवैध आप्रवासी भारतीय नागरिकलाई लिएर भारतका लागि उडेको इन्डिया टुडेले जनाएको छ। उक्त जहाज पन्जाबको अमृतसरमा अवतरण गर्ने जनाएको छ ।
ट्रम्पलाई खुशी पार्न मोदीले करिब १८ हजार अवैध भारतीय आप्रवासीलाई फिर्ता लिनेबारे तयारी गरेका थिए । पहिलो कार्यकालमा पनि मोदी र ट्रम्पको राम्रो सम्बन्ध थियो । ट्रम्पले सन् २०२० मा भारत भ्रमण गरेका बेला मोदीले आफ्नो गृहराज्य गुजरातको राजधानी अहमदाबादमा उनकै नाममा बनाएको विशाल क्रिकेट स्टेडियमको उद्घाटन गराएर एक लाख जनतामाझ स्वागत गरेका थिए।
त्यस्तै बाइडेनको पालामा पनि भारत-अमेरिका सम्बन्ध सुधार हुँदै गएको थियो । तर बाइडेनको कार्यकालको अन्त्त्यतिर अमेरिकामा भारतीय उद्योगपति गौतम अदानी र एक रअ एजेन्टविरूद्ध मुद्दा चलेपछि सम्बन्ध केही असहज भएको थियो । गत नोभेम्बरमा मोदी-निकट अदानीले घुस खुवाएर ठेक्का जिती अमेरिकी लगानी भित्र्याउन खोजेको भन्दै अमेरिकाले उनीमाथि भ्रष्टाचारको मुद्दा लगाएको थियो । त्यसको एक महिना अघि भारतीय गुप्तचर संस्था ‘रअ’ का पूर्वअधिकारीले आफ्ना नागरिकको हत्या प्रयास गरेको आरोप लगाउँदै अर्को मुद्दा चलाएको थियो ।
यस्तै ट्रम्पलाई गैर-न्यायिक हत्या, विधिको शासन, लोकतन्त्र, मानव अधिकार जस्ता विषयमा खासै चासो नभएकाले उनको सरकारले यी मुद्दालाई बाइडेन सरकारले जसरी अघि नबढाउने मोदीको आशा छ । तर भारतसँगको बढ्दो व्यापार घाटाका कारण उनी रिसाएर सम्बन्ध बिग्रेला भनेर मोदी सचेत देखिन्छन् ।
त्यसैका लागि अमेरिकामा रहेका करिब १८ हजार अवैध भारतीय आप्रवासीलाई फिर्ता लिन पनि उनी तयार भएको देखिन्छन् । अवैध भारतीय आप्रवासी फिर्ता लिन सहकार्य गरे ट्रम्प सरकारले वैध तरिकाबाट अझ धैरै भारतीयलाई विद्यार्थी र उच्च दक्षता भएका कामदारको भिसा दिन भारतको विश्वास छ ।
अहिले नै उच्च दक्षता भएका कामदारलाई दिइने एच-१ बी भिसा पाउनेमा सबैभन्दा धेरै भारतीय नागरिक पर्छन् । सन् २०२३ अमेरिकाले तीन लाख ८६ हजार विदेशीलाई एच-१बी भिसा दिएकोमा झण्डै ७५ प्रतिशत भारतीय थिए । अवैध भारतीय आप्रवासी फिर्ता लिन सहकार्य गरे ट्रम्प सरकारले अझ धेरै भारतीयलाई एच-१ बी भिसा देला भन्ने भारतको आशा रहेको छ ।
