
Sgp
Rgp
lnp
Jns
Asb
Ggp
Dus
Lks
Ggp
ksb
Rgp
Usb
Lnp
Rgp
Rgp

lms

काठमाडौँ । महाकुम्भ मेलाका क्रममा गएराति करिब १:३० बजे प्रयागराजको संगम किनारमा भागदौड मच्चिँदा कम्तीमा १४ को मृत्यु भएको छ । ५० भन्दा बढी घाइते छन्।
दैनिक भास्करका अनुसार स्वरूप रानी अस्पतालमा १४ वटा शव पोस्टमार्टमका लागि पुर्याइएको छ । यद्यपि, प्रशासनले मृत्यु वा घाइतेहरूको संख्याको बारेमा औपचारिक जानकारी नदिएको समाचारमा उल्लेख छ । भागदौड पछि, प्रशासनको अनुरोधमा अमृत स्नान रद्द गरिएको छ। संगम नाकामा अत्यधिक भीड भएकाले यो निर्णय गरिएको अखाडा परिषद्का अध्यक्ष रवीन्द्र पुरीले बताए। यसैबीच प्रधानमन्त्री नरेन्द्र मोदीले फोनमा मुख्यमन्त्री योगीसँग घटनाको बारेमा जानकारी लिएका छन् ।
त्यस्तै होहल्लाका कारण एकाएक भागदौड मच्चियो। केही महिलाहरू भुइँमा लडे र मानिसहरू तिनीहरूलाई कुल्चीमिल्ची गर्दै हिँडे। दुर्घटनापछि ७० भन्दा बढी एम्बुलेन्सहरू संगम किनारमा पुगेका थिए । यसै मार्फत घाइते र मृतकहरूलाई अस्पताल लगियो । दुर्घटनापछि, एनएसजी कमाण्डोहरूले संगम किनारमा जिम्मेवारी लिएका छन् ।
यस्तै संगम नाका क्षेत्रमा सर्वसाधारणको प्रवेश निषेध गरिएको छ। भीड बढ्न नदिन प्रयागराज शहरसँग सिमानामा रहेका सबै जिल्लाहरूमा भक्तजनहरूको प्रवेशमा प्रतिबन्ध लगाइएको समाचारमा उल्लेख गरिएको छ ।
