
Rbs
dsbus
Gsbus
Jsbus
Bksbus5
Gsl
gms
Csbus
Ddhbs
Ssbus
syysr
Pbu
Ratbs
Syees
Nssbus7
Amb

Hal
Asm
Bbbpu
Sls
Pvg
Rsb
Rgu
Rgu
Ksm
Tsm
nsb
Rgs
Bbu
Wsp
Ggd
Ssm
Sbs
Gst
Vor

Ptm
bbt
Jmb
Gsb
Rpp
Abd
sab
Pls
Bml
Syp
Jmb
Rmb
Mks
दाङ । गुरुकुल एकेडेमी घोराहीले बालबालीका सम्मेलन तथा वार्षिक उत्सव धूमधामका साथ सम्पन्न गरेको छ । यो कार्यक्रम विद्यालयका विद्यार्थीलार्ई शैक्षिक र सांस्कृतिक क्षेत्रका विभिन्न गतिविधिहरूमा आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसरको रूपमा आयोजना गरिएको थियो ।
कार्यक्रममा विद्यालयका बालबालिकाले नृत्य, गीत, नाटक,भाषण र अन्य सांस्कृतिक प्रस्तुतिहरू सहित शैक्षिक प्रदर्शनीमा भाग लिएका थिए । साथै, उत्सवको अवसरमा उत्कृष्ट प्रदर्शन गरेका खेलकुदमा उत्कृष्ट भएका बालबालिकालाई पुरस्कृत पनि गरियो । गुरुकुल एकेडेमीका अध्यक्ष ई.अनन्तराज घिमिरेले कार्यक्रममा सहभागी सबै विद्यार्थीलाई बधाई दिँदै विद्यालयको शिक्षा क्षेत्रका महत्त्वपूर्ण योगदानको बारेमा चर्चा गरेका थिए ।
त्यस्तै उनले यस प्रकारका कार्यक्रमहरूले विद्यार्थीहरूको बहुआयामिक विकासमा मद्दत पुर्याउने बताएका थिए । यस्तै कार्यक्रमका प्रमुख अतिथि तथा दाङका प्रमुख जिल्ला अधिकारीले शैक्षिक क्षेत्रमा गुरुकुल एकेडेमीले खेलेको भुमिका निकै महत्वपूर्ण रहेको बताए । साथै उनले विद्यार्थीहरुको क्रियाकलाप देखेर गुरुकुल एकेडेमीको शिक्षा,संस्कार र संस्कृति त्रिवेणि भन्ने मुल नारा बोकेर पुर्ण मानव बनाउने सोचका साथ संचालनमा आएको विद्यालयले लक्ष्य अनुरुप नै काम गरेको जिकिर गरे ।
आगामि दिनमा पनि यसरीनै सफलता हासिल गर्नका लागि शुभकामना ब्यक्त गरे । विद्यार्थीहरुको चौतर्फि बिकास हुन बिभिन्न कृयाकलापको आयोजना गर्नुपर्ने आबश्यक रहेको बताए । यसैगरी कार्यक्रममा मानव कल्यान समाजकि केन्द्रिय अध्यक्ष सुमि मानवले पनि शुभकामना मन्तब्य राख्दै विद्यालयको चर्चा गरेका थिए । मानव कल्यान समाजको बारेमा पनि जानकारी गराएका थिए । यस्तै गुरुकुल एकेडेमी घोराहीका प्रधानाध्यापक डा.कृष्णराज डिसिले आफ्नो कविता बाचन सहित मन्तब्य राखेका थिए । यो बालबालिका सम्मेलन तथा बार्षिकोत्सवमा विद्यालयका अभिभावकहरू र समुदायका अन्य सदस्यहरूको सहभागितामा सफलतापूर्वक सम्पन्न भएको छ ।
त्यस्तै विद्यालयका शिक्षक र कर्मचारीहरूले यस कार्यक्रमलाई विशेष रूपले व्यवस्थापन गरेका थिए । कार्यक्रममा विद्यार्थी तथा शिक्षीका मञ्जरी पुन र सुनिता रानि पुनले मन्तब्य राखेका थिए । गुरुकुल एकेडेमीले भविष्यमा पनि यस्ता प्रकारका कार्यक्रमहरूलाई निरन्तरता दिने घोषणा गरेको छ । गुरुकुल एकेडेमीका अध्यक्ष ई.अनन्तराज घिमिरेको अध्यक्षतामा तथा मन्टेस्वरी संयोजक लोचना पौडेलको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण शिक्षिका रेशु राउतले गरेकि थिइन् ।
