
Jsbus
dsbus
gms
Csbus
Ssbus
Syees
Pbu
Gsl
Gsbus
Bksbus5
Nssbus7
Amb
syysr
Ratbs
Rbs
Ddhbs

nsb
Rsb
Bbbpu
Rgs
Sbs
Wsp
Rgu
Asm
Sls
Bbu
Ksm
Ssm
Ggd
Tsm
Gst
Pvg
Vor
Hal
Rgu

Mks
Pls
Gsb
Abd
bbt
Bml
Jmb
sab
Rpp
Ptm
Jmb
Syp
Rmb
दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले राजपुर गाउँपालिका वडा नम्बर–५, गंगदीस्थित साधारण नमुना माध्यमिक विद्यालयको नव निर्मित शैक्षिक भवनको उद्घाटन गरेका छन् ।
यो भवन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको अनुदान सहयोगमा निर्माण गरिएको थियो । मुख्यमन्त्री आचार्यले विद्यालयले विकट क्षेत्रमा शिक्षाको उज्यालो छर्न पुर्याएको योगदानको प्रशंसा गर्दै सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर र नतिजा खस्किएकोले सुधारका लागि सघन योजना निर्माण गरी कार्यान्वयन गर्न जोड दिए ।
उनले लुम्बिनी प्रदेश सरकार शैक्षिक गुणस्तर बढाउन र नतिजा सुधार गर्न प्रतिबद्ध रहेको बताए । `भवन मात्र भएर हुँदैन, गुणस्तरीय र व्यावसायिक शिक्षा बढाउन आवश्यकता छ । अभिभावक र शिक्षकबीच समन्वय गरेर शिक्षाको गुणस्तर बढाउन सकिन्छ´उनले भने-`प्रदेश सरकारले शैक्षिक क्षेत्र सुधार्न ध्यान दिएकाे छ ।´
मुख्यमन्त्री आचार्यले राजपुर गाउँपालिकाको गत वर्षको एसईई नतिजा निराशाजनक रहेको भन्दै यस वर्षको नतिजा सुधारका लागि पठनपाठनलाई चुस्त बनाउन आग्रह गरे ।`सिङ्गो पालिकाबाट एसईईमा केवल एक जना मात्र पास हुनु दुखद कुरा हो । यसलाई सुधार्नका लागि समस्याको जड पत्ता लगाएर उपचार गर्नु जरुरी छ´उनले भने-`शिक्षाकाे गुणस्तर सुधार्न अभिभावकले कडा निगरानी राख्नुपर्छ । सबै तह र तप्काबाट ध्यान दिएर शैक्षिक गुणस्तर बढाउन सकिन्छ ।´ संघीयताका कारण विकास निर्माणले गति लिएको उल्लेख गर्दै, विकट बस्तीमा सेवा-सुविधा पुर्याउन प्रदेश सरकारले विशेष ध्यान दिएको बताए ।
कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष घनश्याम चौधरीको अध्यक्षता तथा मुख्यमन्त्री चेतनारायण आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । लुम्बिनी प्रदेशका पूर्व सांसद रेवतीरमण शर्माले विद्यालयबीच शैक्षिक गुणस्तरमा प्रतिस्पर्धा हुन आवश्यक रहेको र यसका लागि सबै निकायबीच समन्वय र सहकार्य बढाउनुपर्ने धारणा राखे ।
नेकपा (एमाले) का केन्द्रीय सदस्य जीवन गौतमले शैक्षिक गुणस्तरलाई प्राथमिकतामा राखेर विद्यालयलाई सुधार गर्नुपर्ने बताए । उनले विद्यार्थीसँग सीप र दक्षता अभिवृद्धि गरी अघि बढ्नुपर्ने तथा विषयगत शिक्षकको व्यवस्थापन र पाठ्यक्रम सुधार गर्नुपर्ने आवश्यकता औंल्याए ।
गाउँपालिकाकी उपाध्यक्ष धनपतीदेवी यादवले शिक्षालाई पहिलो प्राथमिकतामा राखेर लगानी गरिएको र कक्षा १२ सम्म निःशुल्क शिक्षा लागू गरिएको बताइन् । राजपुर गाउँपालिकाका पूर्व अध्यक्ष लोकराज केसीले प्राविधिक धार सञ्चालन गरेर विद्यालयलाई नमुना बनाइएको उल्लेख गरे ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक नागेन्द्रप्रसाद यादवले विद्यालयको शैक्षिक प्रगति विवरण प्रस्तुत गरेका थिए। प्रमुख अतिथि मुख्यमन्त्री आचार्यले विद्यालयका पूर्व प्रधानाध्यापकहरूलाई सम्मान गरेका थिए। कार्यक्रमको सहजीकरण शिक्षक मानबहादुर केसी र हिमा थापाले संयुक्तरूपमा गरेका थिए ।
