
Bksbus5
dsbus
gms
Csbus
syysr
Jsbus
Ratbs
Ddhbs
Gsbus
Ssbus
Rbs
Gsl
Syees
Amb
Nssbus7
Pbu

Ksm
Sls
Sbs
Rsb
Rgs
Gst
Pvg
Wsp
Hal
Rgu
Bbbpu
nsb
Ggd
Bbu
Rgu
Ssm
Tsm
Asm
Vor

Ptm
Pls
Mks
Rmb
Rpp
Jmb
sab
Jmb
Bml
Gsb
Abd
bbt
Syp
बाँके । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्राविधिक विश्व विद्यालयलाई देशकै नमुना विश्व विद्यालय बनाउनेगरी भूमिका बढाउनुपर्ने बताएका छन् ।
प्रदेश सरकारले गौरवको आयोजनाको रुपमा अघि बढाएको प्राविधिक विश्व विद्यालयलाई देशकै नमुना विश्व विद्यालय बनाउनेगरी भूमिका बढाउन आवश्यक रहेको धारणा राखेका हुन् ।
विश्व विद्यालयको छैठौं सभा(सिनेट) बैठकलाई बुधबार बाँकेमा सम्वोधन गर्दै मुख्यमन्त्री आचार्यले विश्व विद्यालयको शैक्षिक र प्रशासनिक सेवालाई थप प्रभावकारी बनाउन जरुरी रहेको धारणा राखेक थिए । ‘यो विश्व विद्यालयलाई देशकै नमुना बनाउन चाहन्छौं । देशका विभिन्न स्थानबाट विद्यार्थीहरु यहाँ पढ्न आउने वातावरण र अवसर सरकारले सृजना गर्न चाहन्छ’मुख्यमन्त्री आचार्यले भन्नुभयो,‘युगले खोजेको जनशक्ति, विश्व बजारमा खपत हुन सक्ने जनशक्ति उत्पादनको केन्द्र बनाउन चाहन्छौं । यो विश्व विद्यालयलाई सबैको आकर्षणको केन्द्र कसरी बनाउन सकिन्छ भन्ने बारेमा तपाई हामि सबै गम्भिर भएर अझ परिस्कृत गरेर अघि बढ्न जरुरी छ ।’ प्रदेशबाट प्राविधिक जनशक्ति उत्पादन गर्ने संकल्प सहित विश्व विद्यालय स्थापना गरेको स्मरण गर्दै मुख्यमन्त्री आचार्यले शैक्षिक संस्थाहरुको अध्ययन केन्द्रको रुपमा समेत विकाश गर्ने लक्ष्य रहेको बताए ।
त्यस्तै ‘विद्यार्थीलाई आकर्षण गर्न सक्नुपर्छ । आवश्यकताको आधारमा संकायहरु थप गर्ने बारेमा पनि सोच्न जरुरी छ’उनले भने,‘विद्यार्थीलाई कामसंग जोड्नै पर्छ । सरकारले यसमा ध्यान दिन्छ ।’ विश्व विद्यालयका कुलपति समेत रहनुभएका मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले अनुसन्धान र नवप्रवर्तन क्षेत्रलाई प्रोत्साहन गर्ने नीति लिएको समेत जानकारी गराउनुभयो । विश्व विद्यालयको सिनेट बैठकमा आर्थिक बर्ष २०८०\०८१ को बार्षिक प्रगतिको समिक्षा, चालु आर्थिक बर्षको बजेट तथा कार्यक्रम लगायत विविध बिषयहरुमा छलफल भएको थियो ।
