
Csbus
Jsbus
syysr
dsbus
Amb
Nssbus7
Ratbs
Pbu
Ssbus
Ddhbs
Gsl
Rbs
Syees
gms
Bksbus5
Gsbus

Vor
Ksm
Ggd
Rgu
Rgu
Bbbpu
Pvg
Rsb
nsb
Wsp
Rgs
Bbu
Tsm
Hal
Asm
Sbs
Sls
Gst
Ssm

Abd
Bml
Rmb
Jmb
sab
Pls
Mks
Jmb
Syp
Rpp
Gsb
bbt
Ptm
दाङ । देउखुरीको राप्ती गाउँपालिकामा माघ १६ गतेदेखि पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता हुने भएको छ।
सोमबार राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको अध्यक्षतामा बसेको पालिका अन्तर्गतका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयका प्रधानाध्यापकहरूको बैठकले उक्त निर्णय गरेको शिक्षा अधिकृत बासुदेव खनालले जानकारी दिए । राप्ती गाउँपालिकाको आर्थिक सहयोग तथा वडा नम्बर ४ मा रहेको माध्यमिक विद्यालय मौरीघाटको आयोजनामा उक्त खेलकुद प्रतियोगिता सञ्चालन हुने भएको हो ।
त्यस्तै प्रतियोगिता माघ १६ गतेदेखि १८ गतेसम्म तीन दिन सञ्चालन हुने छ । गत वर्षको पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको विजेता विद्यालयले नै यस वर्षको खेलकुद प्रतियोगिता आयोजना गर्ने निर्णय अनुसार यस वर्ष सो विद्यालयले खेलकुद प्रतियोगिताको आयोजना गर्न लागेको शिक्षा शाखाकी प्राविधिक सहायक देवी मल्लले जानकारी दिइन् ।
