
Pbu
Gsbus
syysr
Csbus
Ssbus
Ddhbs
Gsl
Ratbs
Nssbus7
Amb
Rbs
Jsbus
Syees
gms
Bksbus5
dsbus

Ggd
Pvg
Bbu
Rgs
Sbs
Ksm
Rsb
nsb
Asm
Rgu
Wsp
Hal
Tsm
Gst
Vor
Bbbpu
Rgu
Ssm
Sls

sab
Ptm
bbt
Rmb
Gsb
Mks
Syp
Bml
Jmb
Rpp
Abd
Jmb
Pls
दाङ । गोरखा मोडेल सेकेण्डरी स्कुल लमहीले वार्षिकोत्सवको पूर्व सन्ध्याको अवसर पारेर रोटरी क्लव अफ लमहीसंग सहकार्य गरेर रक्तदान कार्यक्रम तथा सरसफाई गरेको छ ।
बिहिवार ५१ जना शिक्षक, विद्यार्थी तथा कर्मचारीले रक्तदान गरेको गोरखा मोडेल सेकेण्डरी स्कुल लमहीका प्राचार्य लोकमान रिजालले जानकारी दिए । हरेक वर्ष विद्यालयले वार्षिकोत्सवको मौका पारेर रक्तदान शिविरको आयोजना गर्दै आएको छ । जसले गर्दा सो विद्यालयमा अध्ययनरत विद्यार्थी र शिक्षक कर्मचारीलाई रक्तदान गर्ने कामले प्रेरित गरेको छ ।
त्यस्तै रगत अभावमा कसैको पनि जीवन समाप्त नहोस, अकालमा मृत्युवरण गर्न नपरोस भन्ने सबैको चाहान भएको रक्तदान गर्ने दाताहरुको भनाई छ । यसरी काम गर्दा विद्यार्थीहरुमा उत्साह थपिएको छ’ प्राचार्य रिजालले भने,‘कसैको जीवन बचाउन पाउदा कस्तो महशुस हुन्छ । यो महशुस गर्ने अवस्थामा विद्यार्थीहरु पुग्नु भएको छ ।’ विद्यालयका प्राचार्यले समेत विद्यार्थीसंगै रक्तदान गर्दै आएका छन् । रिजालले रक्तदान गरेको ५३ औं पटक पुगेको छ ।
यस्तै चिसो बढेसंगै रगतको अभाव बढ्दो छ । यस्तो अवस्थालाई मध्यनजर गर्दै विद्यालयमा शिविर सञ्चालन गरेर रगत संकलन गर्नु आफैमा नवीन कार्य भएको नेपाल रेडक्रस सोसाईटी रक्तसञ्चार केन्द्र दाङका प्रमुख दिलिप न्यौपानेले बताए ।‘रगतको अभाव छ । यस्तो बेलामा शिविरहरु पनि कमै चलेका छन्’उनले भने ,‘रगत अभाव हुदा दाता खोजेर भएपनि पुर्ती गर्ने काम भएको छ ।’
विद्यालय तहमा रक्तदान शिविरले नवीन सन्देश दिएको र विद्यार्थीमा सामाजिक भावनाको विकास गरेको रोटरी क्लव अफ लमहीका पूर्व अध्यक्ष केशव घिमिरेले बताए ।‘युवा विद्यार्थीलाई सामाजिक काममा सक्रिय बनाउदा धेरैखाले समस्या आफै समाधान भएर जान्छन’उनले भने,‘रक्तदान जीवनदान भन्ने मुख्य सन्देश प्रवाह गर्न सकिएको छ ।’
