
syysr
Gsl
Amb
Bksbus5
Pbu
Rbs
Ratbs
Ssbus
dsbus
Gsbus
Nssbus7
Csbus
Syees
Ddhbs
gms
Jsbus

Bbu
Sls
Sbs
Gst
Rsb
nsb
Wsp
Vor
Rgu
Ggd
Asm
Ssm
Tsm
Ksm
Rgs
Hal
Bbbpu
Pvg
Rgu

Rpp
Ptm
Bml
Pls
bbt
Jmb
Gsb
sab
Abd
Jmb
Rmb
Syp
Mks
दाङ । गढवा गाउँपालिकाको पचहैया स्थित डिवेल इङलिस बोर्डिङ स्कुलले आफ्नो १५ औं वार्षिकोत्सव कार्यक्रम मनाएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पवन योगिको अध्यक्षता तथा गढवा गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष बाबुराम अधिकारीको प्रमुख आतिथि तथा एन प्याब्सन लुम्बिनी प्रदेश समितिका सचिव एवम् फेमिली प्याराडाईज ईङ्गलिस बोर्डिङ स्कुल राजपुर -२ मटेरियाका प्रबन्ध निर्देशक टोपेन्द्र खनालको विशिष्ट आतिथ्यमा भव्य कार्यक्रमको आयोजना गरि मनाएको हो ।
विद्यालयकी शिक्षिका निर्मला यादवको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि अधिकारीले डिवेल स्कुलको स्थापनामा सहयोग गर्ने सबैलाई धन्यवाद दिदै गढवा गाउँपालिकाको प्रतिष्ठा एकेडमी,कोशेली बोर्डिङ्ग स्कुलले गढवा गाउँपालिकामा आधारभूत तह कक्षा ८ को रिजल्टमा शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराए झैँ डिवेल स्कुलले पनि त्यो अवसर पाए त्यस्तै रिजल्ट ल्याउने भन्नेमा सबैले आशा राख्नु पर्ने आशय प्रकट गर्दै एसईईको रिजल्टमा सामुदायिक विद्यालयको तुलनामा निजि स्कुलले राम्रो रिजल्ट ल्याएको कुरा बताए ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका अधिकारीले हुनेखानेका छोराछोरी टाढाटाढाबाट आउने निजि स्कुलका भ्यानमा जाने गरेको भएपनि निम्न बर्ग गरिवका छोराछोरी मात्रै नजिकको डिवेल बोर्डिङ्ग स्कुलमा पढिरहेको उल्लेख गर्दै गढवा गाउँपालिका क्षेत्रभित्रका बिबिध पक्षको उजागर गर्न स्थानीय सरकारले हाम्रो गढवा भन्ने स्थानीय पुस्तक पढाईरहेको ब्यहोरा स्पष्ट पारे ।
यसैगरी कार्यक्रमका विशिष्ट अतिथि एनप्याब्सन लुम्बिनी प्रदेशका सचिब टोपेन्द्र खनालले निजि विद्यालयले भोग्नु परेका समस्याहरुमध्य धेरै जसो समस्या निजि स्कुल परिवार आफैंले निम्त्याएको कुरा स्पष्ट पार्दै निजि स्कुलले गुणस्तरीय शिक्षा र संस्कार सहितको शिक्षा प्रदान गर्न लागि परेको भएपनि विद्यार्थी भर्ना अभियानमा संस्कार आफैंले भुल्ने गरेको हुँदा अबका दिनमा संस्कार आफैंबाट व्यवहारमा लागू गर्न सबै स्कुलका प्रधानाध्यापकहरुलाई आग्रह गरे ।
राज्यले स्थानीय तहको सम्मान गर्दै स्थानीय पाठ्यक्रम प्रत्येक पालिकामा लागू गरिरहेको भएपनि त्यसको मर्म समुदायले बुझ्न नसकेको कुरा दोहोर्याउँदै सिङ्गो समुदायलाई रुपान्तरण गर्ने संस्था विद्यालय भएको हुँदा विद्यालय परिवारबाटै स्थानीय पाठ्यक्रमको मुल उद्देश्य बुझीबुझाई आधारभूत तहसम्मको स्थानीय पाठ्यक्रममा विद्यार्थीहरुलाई समाबेश गर्न आफ्नै समुदायका अभिभावकहरुलाई ध्यानाकर्षण गराउन खनालले आग्रह समेत गरे ।
कार्यक्रमका अतिथि गढवा गाउँपालिका २ नम्बर वडाका सदस्य राधेश्याम थारु कुमाल,अभिभावक लालमती चौधरी,कार्यक्रमका अतिथि ज्ञानज्योती इङलिस बोर्डिङ स्कुलका प्रधानाध्यापक दिपक कुमार यादव,शुभतारा ई.बो. स्कुलका सहायक प्रधानाध्यापक मधुबाबु थापा, बुद्धज्योति ई. बो.स्कुलका सहायक प्रधानाध्यापक शिव कुमार चौधरी,मुना मिलन ई.बो.स्कुलका प्रवन्ध निर्देशक लोकराज भुसाल, कोशेली ई.बो.स्कुलका प्रधानाध्यापक अमरराज शर्मा,दिप गङ्गा ई.बो. स्कुलका प्रधानाध्यापक अभ्रनदास यादव , समाजसेवी धर्मराज योगि लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा विद्यालयको बिबिध पक्षमा प्रथम,द्वितीय र तृतीय आउने विद्यार्थीहरुलाई पुरस्कार बितरण प्रदान गरिएको थियो भने शिक्षकलाई समेत सम्मान गरिएको थियो । विद्यालयका शिक्षक द्वय सुनिल योगी र भिमसेन यादवद्वारा संचालन गरिएको कार्यक्रममा विद्यालयका विद्यार्थी तथा शिक्षकहरुले सुन्दर नृत्य प्रस्तुत गरेका थिए भने विद्यालयका प्रधानाध्यापक भानु प्रसाद यादवले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।![]()
