
Gms
Gsbus
Pbu
ebg
Gis
Ssbus
Gss
Ssbus
Gis
Lsbus
Ksbus
Gsbus
Ses
Gis
Ssbus
Lsbus
Nssbush
Ksbus
Ksbus
Gsbus

Ssm
nsb
Asm
Bbbpu
Gst
Bbu
Hal
Rgu
Wsp
Vor
Rgs
Ggd
Tsm
Sbs
Rgu
Rsb
Sls
Pvg
Ksm

Abd
Jmb
Mks
Syp
Ptm
sab
Bml
Gsb
Rpp
Jmb
Pls
Rmb
bbt
दाङ । देउखुरीको लमहीमा रहेको गोरखा मोडेल सेकेन्डरी स्कुलको सातौं खेलकुद सप्ताह कार्यक्रम आइतबार सम्पन्न भएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मान बहादुर बुढा मगरको अध्यक्षता तथा लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीको प्रमुख अतिथि र उप-प्रमुख लक्ष्मी योगीको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि चौधरीले शिक्षा क्षेत्रमा मात्र नभएर स्वास्थ्य र खेल विधामा पनि गोरखा स्कुल अगाडी भएको बताएका छन् । अष्ट्रेलियाबाट समेत स्कुलले सम्मान पाउनु भनेको स्कुलको मात्र उपलब्धि नभएर समग्र लमही नगरपालिकाको गर्वको विषय भएको प्रमुख चौधरीले बताए ।
त्यस्तै संस्कार सहितको शिक्षा नै अहिलेको युवा पिढीको लागि आवश्यकता भएकोले विद्यालय संचालक, अभिभावक, शिक्षक र विद्यार्थीहरुले बुझ्न जरुरि रहेको बताए । शारीरिक र मानसिक विकासका लागि शिक्षा अत्यन्तै अपरिहार्य रहेको नगर प्रमुख चौधरीको भनाई छ । सामाजिक विकृति हटाउनका लागि शैक्षिक संस्थाहरुले नै अग्रणी भूमिका खेल्नु पर्ने प्रमुख चौधरीले बताए ।
यस्तै कार्यक्रममा नेपाल सशस्त्र प्रहरी बल ४१ नबर गणका सशस्त्र प्रहरी प्रमुख एसपी गुणराज न्यौपानेले मानव शरीरका लागि खेलकुद महत्त्वपूर्ण रहेको बताए । अर्को कुरा सकारात्मक सोच हुनेले मात्र प्रगति गर्दछ, जस्ले सामाजिक क्षेत्रमा केही गरेर देखाउनु पर्छ भन्ने मानसिकता राख्दछ उसैले मात्र प्रगति गर्ने एसपी न्यौपानेले बताए । पहिले लाहुरेमा भर्ती हुने उदेश्यले पनि खेललाई महत्त्व दिएर खेल खेलाइने गरिन्थ्यो भने,अहिले खेलकुद क्षेत्रबाट नै भविष्य निर्माण गर्न खेललाई प्राथमिकता दिएर खेल खेलाइने गरिएको एसपी न्यौपाने बताए ।
त्यस्तै कार्यक्रममा खेलकुद विकास समिति दाङका कोषाध्यक्ष ध्रुव आचार्यले खेलकुदमा लगानि गर्नु पर्ने बताए । धेरै आर्थिक आय आर्जन गरि राज्यलाई राम्रो कर तिर्नेमा पनि खेलाडीहरु रहेको बताउदै कोषाध्यक्ष आचार्यले खेलाडीहरु राष्ट्रको पहिचान भएको बताए । यस्तै कोषाध्यक्ष आचार्यले गोरखा ग्रुपद्वारा संचालित रहेका विद्यालयहरुबाट अहिले दाङ जिल्लामै टप स्थानमा रहेर गुणस्तर शिक्षा प्रदान गरिरहेको समेत बताए ।
सप्ताह कार्यक्रममा फुटबल,भलिबल,एथलेटिक्स खेल, क्रिकेट,बास्केटबल,चम्चा रेस,कुर्सी दौड लगायतका खेलहरुको आयोजना गरिएको थियो । खेलमा प्रथम, द्वितीय,तृतीय र सान्त्वना स्थान हासिल गर्ने सम्पूर्ण खेलाडीहरुलाई पुरस्कार वितरण गरिएको थियो ।
विद्यालयका प्राचार्य लोकमान रिजालको स्वागत मन्तव्यबाट संचालन भएको कार्यक्रममा विभिन्न मौलिक तथा संस्कृति झल्किने खालका नृत्य प्रस्तुतिहरु प्रस्तुत भएका थिए ।
कार्यक्रमको संचालन बिज्ञान संकाय संयोजक प्रकाश रिजाल र प्राइमरी तहकि संयोजक शिला रिजालले गरेका थिए । विद्यालयको सातौँ वार्षिकउत्सव यहीँ पुस १९ गते हुने स्कुलले जनाएको छ ।
त्यस्तै उक्त कार्यक्रमको समापन गर्दै अध्यक्ष मान बहादुर बुढा मगरले ३० वर्ष पहिले देखेको सपना अहिले पूरा हुँदै गएको बताएका छन् । उनले अहिले गोरखा मोडेल स्कुल एउटा मोडेलको रुपमा अघि बढेको समेत बताए । यस्तै उनले आफ्नो सपना अझै साकार नभएको र सगरमाथाको शिखर झैँ अग्लो बनाउन बाँकी रहेको हुँदा स्कुलमा कार्यरत सम्पूर्ण शिक्षक, शिक्षिका र स्कुलमा अध्ययनरत विद्यार्थी र विद्यार्थीका अभिभावकलाई समेत तन-मन लगाएर एकरुपता साथ लाग्न आग्रह गरेका छन् ।
यसैगरी खेलकुद सप्ताह कार्यक्रममा भाग लिएका सम्पूर्ण विद्यार्थीहरुलाई खेलमा हार-जित हुने भएको हुँदा बिजेता हुनेलाई बढाइ दिदै पराजित हुनेलाई कति पनि बिचल्ली नभएर आफ्नो लक्ष्य अनुरुप निरन्तर मनोबल दरिलो बनाएर अघि बढ्न अध्यक्ष बुढा मगरले आग्रह गरे ।
