
Srbpu
Unsku
pku
Rgp
Lnp
cjs
Rgp1
Pbu
Ggp
Pes
Ses
Sgr
Djs
Gfs

Ggd
Sls
Bbu
Rgu
Rsb
Vor
nsb
Tsm
Ksm
Ssm
Rgs
Asm
Wsp
Bbbpu
Pvg
Gst
Hal
Sbs
Rgu

Bml
Pls
Rmb
Abd
Jmb
Gsb
Ptm
Syp
Rpp
bbt
Mks
Jmb
sab
दाङ । देउखुरीको भौतिक पुर्वाधारमा बलियो बन्दै जाने क्रममा गढवा गाउँपालिकाको नवनिर्मित प्रशासकिय भवनबाट सेवा सुचारु हुने भएको छ । आइतवार एक कार्यक्रमका बिच लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखे्रलले सो भवनको शिला अनाबरण गर्दै बिधिवतरुपमा उद्घाटन गर्नु भएको हो ।
तीन तल्लाको कुल ४२ कोठा र एक सभाहल सहितको आधुनिक र सुविधा सम्पन्न सो भवन लुम्बिनी जलजला कन्ट्रक्सन कम्पनीले समयमै निर्माण सम्पन्न गरि गाउँपालिकालाई हस्तान्तरण गरेको गाउँपालिकाका अध्यक्ष सहजराम यादवले जानकारी दिनु भयो । बिगत २०७४ सालमा निर्वाचित जनप्रतिनिधीहरु आएपछि गाउँपालिकाको पहिलो गाउँसभाले सो भवन निर्माण सुरुवात गरेको थियो ।
कुल ६ करोडको विनियोजित बजेटको इभिडिङ सिष्टमको टेण्डर प्रकृयाबाट कुल ४ करोड ७५ लाखको लागतमा भवन तयार भएको हो । निर्माण कम्पनिसंगको संझौता बमोजिम भवन निर्माण पुरा भएको छ । यसबर्ष अर्को चरणमा भवनको बाउण्ड्रीवाल,प्रतिक्षालय सहितको पार्क निर्माणको काम सम्पन्न हुने गाउँपालिकाले जनाएको छ ।
यसअघि गढवा गाउँपालिकाले कृषि सेवाकेन्द्र बसेका २ वटा पुराना घरबाट सेवा प्रवाह गरेको थियो । सम्बन्धित शाखा पत्ता लगाउन गाह्रो थियो । अब हामी जस्ता सेवाग्राहीहरुले एउटै भवनबाट सेवा पाउँने छौ । जुन सेवा थप प्रभावकारी हुन सक्ने आसा लिएका छौं–सेवाग्राही सिता चौधरीले भनिन् । अबका दिनमा एउटै भवन भित्र छिरेपछि सबै शाखाहरु भेटिने छन् । गाउँपालिकाले कुन शाखा कतिनम्बर तल्लामा र कति नम्बर कोठामा रहेको छ भन्ने बडापत्र सहितको बोर्ड प्रबेशद्धारमै राख्न जरुरी छ,त्यस बिषयमा चाँसो दिइयोस–सेवाग्राही तथा राष्ट्रिय जनमोर्चा गढवाका इन्चार्ज दिनमणि आचार्यले भन्नु भयो ।
गढवा गाउँपालिकाले ३ बर्षको कार्यकालमा नयाँ र सुविधा सम्पन्न भवन तयार उद्घाटन गरेको छ भने सबै वडाहरुमा वडा कार्यालय भवनहर निर्माण गरिसकेको छ । वडा नं. छ र १ मा पनि निर्माण सम्पन्न भएका वडा कार्यालयहरु उद्घाटनको तयारीमा रहेको अध्यक्ष सहजराम यादवले जानकारी दिनु भएको छ ।
यस्तै सर्पदंश उपचार केन्द्र निर्माण गरि सेवा सुचारु भएको र वडा नं. ६ को कार्यालय वरिपरि ११ वटा सटरहरु निर्माण गरि ब्यापारिक प्रयोजनमा भाडामा दिएको गाउँपालिकाले जनाएको छ । पालिकाका हरेक बस्तिहरुमा सडक ग्राभेल,पक्किनाली निर्माण,बिद्युत्त बिस्तार, केही वडाहरुमा सडक कालोपत्रे,खहरे खोलाहरु तटबन्धन,बिद्यालय भवनहरु निर्माण र सामुदायिक स्वास्थ्य इकाइ भवनहरु निर्माण गरि भौतिक पुर्वाधारमा बलियो बन्दै गएको पालिकाले जनाएको छ ।
कार्यक्रममा बोल्दै मुख्यमन्त्री पोखे्रलले छोटो समयमा गढवा गाउँपालिकाले गरेको भौतिक प्रगतिको प्रशंसा गर्दै नवनिर्मित प्रशासकीय भवनबाट नागरिकहरुलाई प्रभावकारी सेवा प्रबाहगर्न आव्हान गर्नु भएको थियो । कार्यक्रममा लुम्बिनी प्रदेश सरकारका कानून तथा न्याय समितिका सभापति एवं प्रदेश सांसद दामा शर्मा, संबिधान सभाका पूर्व सांसद रश्मीराज नेपाली र वडा अध्यक्षहरुको तर्फबाट वडा नं. ६ का वडाध्यक्ष बालचन्द्र ठकुरी हमालले बोलेका थिए ।
गाउँपालिकाका उपाध्यक्ष शान्ति चौधरीको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रमको संचालन योजना शाखाका प्रमुख कुलराज कुमालले गर्नु भएको थियो । सो अवसरमा मुख्यमन्त्री ग्रामिण बिकास कार्यक्रमबाट स्वरोजगार बनेका पञ्चैबाजा कला संस्कृति संरक्षण केन्द्र गढवाले बाजागाजा र सोरठी नाचबाट मुख्यमन्त्रीको स्वागत भएको थियो ।
गढवामा अनलाईन प्रबिधिबाट सेवा शुरु
यसैबीच गढवा गाउँपालिकाले वडानं. ५ बाट अनलाईन पंजिकरण सेवा शुरु गरेको छ । शनिवार एक कार्यक्रमका बिच वडा अध्यक्ष प्रकाश भण्डारीले ब्यक्तिगत घटना दर्ता गरि अनलाइन ब्यक्तिगत घटना दर्ताको बिधिवत उद्घाटन गर्नुभएको छ ।
गढवा गाउँपालिका वडानं. ५ निवासी शिबकुमार चौधरी र सोही वडामा बस्ने बसन्ती चौधरीको बिवाह दर्ता गरि अनलाइन प्रबिधिको सेवा सुचारु भएको घोषणा गर्नु भएको हो । यसरी घटना दर्ता भएका सबै अभिलेखहरु सिधै नेपाल सरकारको पंजीकरण बिभागमा इण्ट्री हुने गाउँपालिकाका पंजिकरण शाखाका कर्मचारी ऋषि यादवले जानकारी दिनु भयो ।
