
Ratbs
Ddhbs
Jsbus
Csbus
Gsl
Syees
Nssbus7
Amb
Gsbus
dsbus
gms
syysr
Ssbus
Pbu
Rbs
Bksbus5

Rgs
Ssm
Sbs
Pvg
Ggd
Rgu
Tsm
Rgu
Gst
Sls
Rsb
Vor
Hal
Bbu
Asm
Ksm
Wsp
nsb
Bbbpu

Pls
Jmb
Rmb
Gsb
Bml
sab
Rpp
Syp
bbt
Mks
Ptm
Abd
Jmb
बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्रदेशको शैक्षिक गुणस्तर र नतिजा सुधारकालागि निर्मम समिक्षा गर्न आवश्यक रहेको बताएका छन् ।
जनजागृति माध्यमिक विद्यालय तिलोत्तममा नगरपालिका–२ योगिकुट्टीको ५२ औं बार्षिकोत्सव तथा अभिभावक दिवस उद्घाटन कार्यक्रमलाई सम्वोधन गर्दै मुख्यमन्त्री आचार्यले सामुदायिक विद्यालयको नतिजा र गुणस्तर सुधार गर्न निर्मम समिक्षा गर्नुपर्ने बताएका हुन् । नतिजा खस्कनुकोपछाडीको कारण खोज्नुपर्ने, त्यसकालागि शिक्षा विज्ञहरुले भूमिका बढाउनुपर्ने र सुधारका विकल्पहरु अघि सार्न आग्रह गरे ।
‘लुम्बिनी प्रदेशको गत बर्षको एसइइको नतिजाले झस्काएको छ । त्यसलाई सुधार गरेर अघि जानुपर्ने छ । यसकालागि निर्मम समिक्षा गरेर जानुपर्ने छ’उनले भने,‘गत बर्षको नतिजाले गम्भिर र चिन्तित बनाएको छ ।’ सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर सुधार गर्न परम्परागत कक्षाकोठालाई रुपान्तरण गरेर आधुनिक प्रविधिसंग जोड्न जरुरी रहेको धारणा मुख्यमन्त्री आचार्यले राखे ।
‘अव परम्परागत रुपमा सोंचेर हुदैन । हाम्रा शिक्षण विधि तथा क्रियाकलापलाई प्रविधिसंग जोड्न जरुरी छ । कक्षाकोठाको रुपान्तरण पनि सोही अनुसार गर्न आवश्यक छ’मुख्यमन्त्री आचार्यले भन्नुभयो,‘अवको शिक्षालाई व्यवसायिक र प्राविधिक बनाउनुपर्छ । पढ्दापढ्दै स्वरोजगार हुनेगरी शिक्षा प्रणाली आजको आवश्यक हो ।’ सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न विद्यार्थी र विद्यालयप्रति अभिभावकले निगरानी बढाउनुपर्ने समेत बताए ।
त्यस्तै विद्यार्थीको पढाई प्रति रुची घट्दै जानु र विद्यालयमा पठनपाठनको वातावरण बनाईराख्न अभिभावकले नियमित निगरानी राख्नुपर्ने आवश्यकता मुख्यमन्त्री आचार्यले औंल्याए । ‘विद्यार्थी कितावमा भन्दा सामाजिक सञ्जालमा बढी भुल्न थाले । यसले शिक्षण सिकाईमा असर पारेको छ । विद्यार्थीलाई कितावमा रुची बढ्नेगरी सिकाईको वातावरण बनाउनुपर्छ । अभिभावकले आफ्ना छोराछोरीको आनिवानी र साथसंगतलाई अनुगमन गर्न जरुरी छ’उनले भने ।,
‘के कारणले छोराछोरीको पढाई विग्रिरहेको छ ? यसको कारण अभिभावकले पनि खोज्न जरुरी छ ।’सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरुले पनि आफ्नो भूमिकाको आफै समिक्षा गर्नुपर्ने भनाई मुख्यमन्त्री आचार्यको छ ।‘आफु कार्यरत विद्यालयको नतिजा कस्तो छ ? किन यस्तो भयो भनेर समिक्षा गर्नुपर्दैन’उनले भने,‘शिक्षक आफ्नो भूमिका र काम प्रति जिम्मेवार बन्न जरुरी छ ।’ विद्यालयमा पूर्ण शैक्षिक वातावरण निर्माणकालागि विद्यालय परिवारले भूमिका बढाउनुपर्ने, त्यसमा तीन तहका सरकारले साथ सहयोग गर्ने प्रतिबद्धता मुख्यमन्त्री आचार्यले व्यक्त गरे ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेमप्रसाद भुसालको अध्यक्षता तथा मुख्यमन्त्री चेतनारायण आचार्यको प्रमुख आतिथ्यतामा विद्यालयको बार्षिकोत्सवको उद्घाटन गरिएको थियो ।
