
Gsl
Amb
Ssbus
Csbus
gms
Nssbus7
Pbu
Bksbus5
Jsbus
Rbs
Ddhbs
Ratbs
dsbus
Gsbus

Tsm
Rsb
Gst
nsb
Vor
Pvg
Sls
Ssm
Asm
Ggd
Bbbpu
Ksm
Rgs
Hal
Rgu
Sbs
Bbu
Rgu
Wsp

Rpp
Rmb
Jmb
Gsb
Ptm
Jmb
Mks
Abd
sab
Pls
bbt
Bml
Syp
दाङ । राजपुर गाउँपालिका भित्रको ३२ वटा विद्यालयका प्रधानध्यापकलाई विद्यालय सुधार योजना एस आइ पि निर्माण सम्बन्धि प्रअहरुको लागि एक दिने अभिमुखिकरण कार्यक्रम शुक्रबार सम्पन्न भएको छ ।
राजपुर गाउँपालिका उपाध्यक्ष धनपती देवी यादवको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा उपाध्यक्ष यादवले विद्यालय सुधार योजना निर्माणमा सहयोग पुग्ने मनसायका साथ अभिमुखिकरण कार्यक्रम राखिएको हुँदा यो कार्यक्रमबाट सहभागी प्रअ तथा शिक्षक प्रतिनिधिले भरपुर लाभ लिएर आगामी दिनमा विद्यालय सुधार योजना निर्माणमा यस कार्यक्रमले महत्त्वपूर्ण सहयोग पुर्याउने आफुले अपेक्षा राखेको बताउनु भयो ।
सो अभिमुखिकरण कार्यक्रममा राजपुर शिक्षा शाखा प्रमुख केशव लम्सालले स्वागत मन्तव्य राख्दै सहभागी प्रअ शिक्षकहरुलाई विद्यालय सुधार योजना निर्माण सम्बन्धि अभिमुखिकरण कार्यक्रममा सक्रिय सहभागी भएकोमा हार्दिक धन्यवाद दिदै आगामी दिनमा यसैगरी निरन्तर राजपुर गाउँपालिकाको शिक्षालाई गुणस्तरीय बनाउन महत्त्वपूर्ण भुमिका निर्भा गर्न आग्रह गर्नु भएको थियो ।
राजपुर गाउँपालिका र मानव कल्याण तथा वातावरण संरक्षण केन्द्र सिड्स कार्यक्रम दाङको संयुक्त आयोजनामा संचालन भएको अभिमुखिकरण कार्यक्रममा विद्यालय सुधार योजनामा कस कसको सहभागी रहने,पनचे वर्षे विद्यालय सुधार योजना एक वर्षे विद्यालय सुधार योजना,विद्यालय सुधार योजना प्राविधिक र मुल्यांकन समिति लगायतको बिषय बस्तुमा सहभागी प्रअ तथा शिक्षकहरुलाई राप्ती गाउँपालिकाका शिक्षा अधिकृत वासुदेव खनालले प्रशिक्षण दिनु भएको थियो ।
कार्यक्रममा राजपुर गाउँपालिका प्रशासन शाखाका प्रमुख महेश थापा (ठेडी),मानव कल्याण तथा वातावरण संरक्षण केन्द्र सिड्स कार्यक्रमका अनुगमन तथा मुल्यांकन अधिकृत सहादेव यादव,जनज्योति माध्यमिक विद्यालयका प्रधानध्यापक केशवराम यादव,जनप्रीय आधारभूत गोठुवाका प्रधानध्यापक दिपा वली लगायतकाले बोल्नु भएको उक्त कार्यक्रमको संचालन राजपुर शिक्षा शाखाका प्राविधिक सहायक कामना चौधरीले गर्नु भएको थियो ।
