
Lsbus
ebg
Ssbus
Nssbush
Pbu
Gsl
bpmhl
Ksbus
Rsbus
Gsbus
Ksbus
Bsbus
Ssbus
Gis
Lsbus
Ksbus
Ksbus
Ssbus
Gsbus
Ses

Bbbpu
Ggd
Asm
Tsm
Gst
Rgu
Sls
Vor
nsb
Pvg
Ksm
Rgu
Hal
Bbu
Sbs
Wsp
Rsb
Ssm
Rgs

bbt
Rmb
Mks
Jmb
Jmb
Gsb
Rpp
Abd
sab
Pls
Bml
Syp
Ptm
दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर १ पटौली नाकामा १३ औं नाका स्तरीय खेलकुद महोत्सव बुधबार उद्घाटन भएको छ ।
नाका स्तरीय खेलकुद समाजका अध्यक्ष चक्रबहादुर खड्का (शिखर)को अध्यक्षता तथा राजपुर गाउँपालिका अध्यक्ष शरद कुमार बुढाथोकीको प्रमुख आतिथ्यतामा उद्घाटन भएको महोत्सव कार्यक्रममा अध्यक्ष तथा प्रमुख अतिथि बुढाथोकीले नाका स्तरीय खेलकुद महोत्सव नाका बासीहरुको लागि एउटा चाड पर्व जस्तै भएको हुँदा यस महोत्सवलाई आगामी दिनमा अझै व्यवस्थितका साथ संचालन गर्नुपर्ने बताएका छन् ।
उनले विगतमा नाका स्तरीय खेलकुद महोत्सव संचालन गर्नका लागि पहिले आर्थिक संकल्न गर्ने र प्रत्येक विद्यालयले आफै रासन बोकेर महोत्सवमा भाग लिने सिस्टम थियो भने २०७९ सालको निर्वाचनबाट आफु निर्वाचित भएर आएपछि,उक्त सिस्टमलाई हटाएर गाउँपालिकाद्वारा बजेट व्यवस्थापन गरेर संचालन गरेको बताए ।
तत्काल आफुहरु निर्वाचित भएर आएको समयमा नाका स्तरीय खेलकुद समाजका अध्यक्ष चक्रबहादुर खड्का (शिखर)ले आफुलाई भेटेर बजेटको व्यवस्थापन गर्न आग्रह गरेको र सोही बमोजिम पहिलो चोटि थोरै बजेटले परिक्षण गरेको र अहिले ५ लाखको बजेट विनियोजन गरेर संचालन गरिरहेको अध्यक्ष बुढाथोकीले बताए । महोत्सवलाई आगामी दिनमा अझै व्यवस्थापन गरेर संचालन गर्नका लागि जनप्रतिनिधिले मात्र नभएर सम्पूर्ण नागरिकहरुपनि एकजुट भएर लागेको खण्डमा मात्र नाका स्तरीय खेलकुद महोत्सवले गति ल्याउने बताए ।
उनले नाका क्षेत्रको प्रमुख समस्या भनेको तथाबाथाले हरेक कार्यमा लाभ लिने गरेको र बाल विवाह,महिला हिंसा तथा लैङ्गकि असमान्ता जस्ता बेथितिहरु अझै पनि चल्ने भएको हुँदा उक्त बेथितिहरुलाई रोक्न गाउँपालिका अहोरात्र खटेको समेत बताएका छन् । यस्तै उनले नाकामा खानेपानी, बाटो-घाटो लगायतका समस्याहरु रहेको र ती सबै समस्याको हल गर्न आफू लगायत आफ्नो टिम निरन्तर लागेको अध्यक्ष बुढाथोकीले बतए ।
त्यस्तै कार्यक्रमका विशिष्ट अतिथि राजपुर गाउँपालिकाकी उपाध्यक्ष धनपती देवी यादवले नाका क्षेत्रको समग्र विकासका लागि आफुहरु निरन्तर लागि रहेको बताइन् । उनले नाका स्तरीय खेलकुद महोत्सव संचालनका लागि पहिले २ लाख छुटाएको र उक्त बजेटले नपुग्ने भएपछि अहिले पाँच लाख बजेट छुटाइएको बताइन् । यस्तै आगामी दिनमा नाका स्तरीय महोत्सवलाई व्यवस्थितका साथ संचालन गर्न राजपुर गाउँपालिका निरन्तर लाग्ने समेत बताइन् ।
यसैगरी राजपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रेमन्त बहादुर डाँगीले आफू यस अघि राजपुर गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत भएर आउँदा नाका स्तरीय खेलकुदमा आउन नसकेको भएपनि यसपट चाहिँ आउन आफुलाई मौका जुडेको बताए । उनले राजपुरको विकट क्षेत्र नाकाको विकास गर्नका लागि सम्पूर्ण निकायहरु एकजुट भएर हरेक क्षेत्रलाई समेटेर लैजानुपर्ने बताए । खेलकुदबाट स्वास्थ्यलाई तन्दुरुस्त राख्ने र खेलको माध्यमद्वारा अन्तर्राष्ट्रिय स्तरसम्म देशलाई चिनाउने कार्यमा महत्त्वपूर्ण भुमिका खेलाडीहरुले निर्वाह गर्ने समेत बताए ।
त्यस्तै वडा नम्बर १ का वडा अध्यक्ष सुर्य प्रसाद चौधरीले आफ्नो वडा क्षेत्रको नाकासंग जोड्न आफुहरुले पहिले बाटोलाई प्राथमिकताका साथ अघि बढाएको बताए । उनले अहिले पुर्व-पश्चिम् सिङ्जाली मार्गलाई विशेष जोड दिएर अघि बढेको वडा अध्यक्ष चौधरीले बताए ।
नाका स्तरीय खेलकुद समाजका उपाध्यक्ष तथा युगबोध आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोरेन्द्र घर्ती मगरको स्वागत मन्तव्यबाट संचालन भएको कार्यक्रममा नाका स्तरीय खेलकुद समाजलाइ महत्त्वपूर्ण सल्लाह सुझाव प्रदान गर्ने निवर्तमान लुम्बिनी प्रदेश सभा सदस्य रेवतीरमण शर्मा,निवर्तमान राजपुर गाउँपालिका अध्यक्ष लोकराज केसी,अजम्मरी सामुदायिक वन उपभोक्ता समूह लमहीका अध्यक्ष पवन शर्मा रिजाललाई सम्मान पत्रले सम्मान गरिएको थियोे ।
राजपुर गाउँपालिकाको आर्थिक सहयोग तथा नाका स्तरीय खेलकुद समाजको आयोजनामा संचालन भएको महोत्सवमा खेलाइने भलिबल खेल प्रतियोगिताको रेफ्रीमा पुर्व अन्तर्राष्ट्रिय भलिबल खेलाडी तथा भलिबल खेलका प्रादेशिक रेफ्री एवं दाङ जिल्ला भलिबल संघका उपाध्यक्ष भरत कँवर,पुर्व भलिबल खेलाडी गुरु प्रसाद चौधरी रहेका छन् । यहीँ मंसिर २१ गतेसम्म संचालन रहने महोत्सवमा ११ वटा विद्यालयहरुले भाग लिएका छन् । कार्यक्रममा विभिन्न मार्चपास सलामीका साथ नृत्य प्रस्तुत भएका थिए ।
बाल बिसौनी आधारभूत विद्यालयकि शिक्षिका दिल कुमारी घर्तीले स्वागत गीत प्रस्तुत गरेर स्वागत गरेकी थिइन् भने कार्यक्रमको संचालन नाका स्तरीय खेलकुद समाजका सह-सचिव तथा बालकल्याण आधारभूत विद्यालय डगमाराका प्रधानाध्यापक रामबरण यादवलेले गरेका थिए ।
त्यस्तै उक्त औपचारिक कार्यक्रमको समापन गर्दै नाका स्तरीय खेलकुद समाजका अध्यक्ष चक्रबहादुर खड्का (शिखर)ले नाका स्तरीय खेलकुद महोत्सवले सम्पूर्ण विद्यालयलाई जोड्ने काम गरेको बताएका छन् । प्रत्येक वर्ष नाका क्षेत्रमा रहेका विद्यालयहरुमा स्थान टोकेर खेलकुद महोत्सव संचालन गर्दै आएको र यो महोत्सव विशेष गरेर नाका बासीको प्रमुख पहिचान भएको हुँदा यसलाई आगामी दिनमा अझै व्यवस्थितका साथ संचालन गर्ने उदेश्य रहेको अध्यक्ष खड्काले बताए । उनले आगामी दिनमा निरन्तर सम्पूर्ण सरोकारवाला निकायलाई नाका स्तरीय खेलकुद महोत्सवलाई आवश्यक सहयोग गर्न समेत आग्रह गरेका छन् ।
