
Bksbus5
Ssbus
Pbu
Ratbs
dsbus
gms
Gsbus
Jsbus
Nssbus7
Rbs
Ddhbs
Gsl
syysr
Syees
Csbus
Amb

Bbbpu
nsb
Gst
Wsp
Sbs
Vor
Tsm
Rgu
Asm
Rgs
Rgu
Ggd
Bbu
Sls
Ssm
Rsb
Ksm
Hal
Pvg

Bml
Mks
Abd
sab
Jmb
Gsb
bbt
Ptm
Rpp
Jmb
Pls
Syp
Rmb
दाङ । गुरुकुल एकेडेमी घोराहीका विद्यार्थीहरुले घोराही १३ मा रहेको बृद्धाआश्रमका बृद्ध-बृद्धाहरुलाई सहयोग गरेका छन् ।
गुरुकुल एकेडेमीका कक्षा १२ ब्यबस्थापन संकायका विद्यार्थीहरुले बृद्ध-बृद्धाहरुलाई जाडोमा लगाउने टोपि,शौचालय प्रयोगका लागि हार्फिक,फलफुल र अन्य खाद्यान्न सामग्रीहरु सहयोग गरेका हुन । कक्षा १२ विद्यार्थीहरुले गत जेष्ठ महिनामा ब्यबहारीक ज्ञान लिनका लागि बजारका बिभिन्न ठाँउहरुमा पानि पुरी,चटपटे, आइसक्रिम लगायतका सामग्रिहरु राखेर ब्यबसाय गरेका थिए ।
सोहि ब्यबसायबाट आम्दानी भएको रकम ३ हजार ५ सय र कक्षा १२ विज्ञान संकायका विद्यार्थीहरुको शैक्षिक भ्रमणबाट बचत भएको ३ हजार ५ सय गरी जम्मा ७ हजार बराबरको सामानहरु बृद्धाआश्रममा सहयोग गरिएको गुरुकुल एकेडेमी घोराहीका प्लस टु संयोजक राजन अधिकारीले जानकारी दिए ।
बिगतका वर्षहरुदेखि नै कक्षा १२ का विद्यार्थीहरुले सैदान्तिक सहित ब्यबहारीक ज्ञानसंगै यसबाट भएको आम्दानी रकम समाजसेवामा लगाउने गरेका छन । उनिहरुले ६÷७ जनाको समुह बनाएर बजारका बिभिन्न मुख्य चोकहरुमा ब्यबसाय गरेका थिए । गुरुकुल एकेडेमी घोराहीका प्रधानाध्यापक डा. कृष्णराज डिसीको नेतृत्वमा प्लस टु संयोजक राजन अधिकारी र संस्कार प्रमुख भुगोल कँवर मगरको उपस्थितिमा तेरौटेमा रहेको बृद्धाआश्रममा एक कार्यक्रमका बिच विद्यार्थीहरुले सहयोग गरेका हुन । यो कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्णलाई विद्यार्थीहरुले धन्यबाद समेत ज्ञापन गरेका थिए ।
