
Gsl
Ratbs
Gsbus
Pbu
Ssbus
Amb
syysr
Csbus
gms
Bksbus5
Syees
Ddhbs
Jsbus
dsbus
Nssbus7
Rbs

Rgu
Rgs
Sls
Sbs
Gst
Ssm
Ksm
Asm
nsb
Bbu
Ggd
Vor
Rgu
Bbbpu
Wsp
Pvg
Rsb
Hal
Tsm

sab
bbt
Rpp
Bml
Abd
Jmb
Mks
Syp
Jmb
Gsb
Pls
Rmb
Ptm
दाङ । बुद्ध ज्योति माध्यमिक विद्यालय गढवाको ३० औं वार्षिक साधारण सभा सोमबार आज भव्य रुपमा सम्पन्न भएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिनमणी आचार्यको अध्यक्षता तथा प्रतिनिधि सभा सदस्य मेटमणि चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि सांसद चौधरीले विद्यालयको शैक्षिक विकास र विद्यार्थीहरूको सर्वाङ्गीण प्रगतिका लागि शिक्षक,अभिभावक र विद्यालय व्यवस्थापन समितिले आपसी सहकार्य गर्नुपर्नेमा जोड दिए ।
उनले विद्यालयको शैक्षिक स्तर उकास्न शिक्षकहरूलाई आधुनिक पठनपाठन विधिहरू अवलम्बन गर्न सुझाव दिए । साथै, विद्यार्थीहरूको शैक्षिक स्तरलाई अझ प्रभावकारी बनाउन अभिभावकहरूको सक्रिय सहभागिता र जिम्मेवारी आवश्यक रहेको बताए ।
कार्यक्रमको विशेष आकर्षण विद्यालयका संस्थापक प्राचार्य नवराज देवकोटालाई सम्मान गरिएको थियो । उनले विद्यालयमा २५ वर्ष लामो सेवा प्रदान गरेको भन्दै विद्यालय व्यवस्थापन समितिले उनलाई सम्मान प्रदान गरेको हो । सम्मान ग्रहण गर्दै संस्थापक प्राचार्य देवकोटाले आफ्नो कार्यकालको अनुभव र विद्यालयको प्रगतिमा समुदायले दिएको योगदानका बारेमा चर्चा गरे । उनले भने, “यो विद्यालयको वर्तमान सफलतामा सबैको योगदान छ, र यहाँका विद्यार्थीहरूको उज्ज्वल भविष्यका लागि सामूहिक प्रयास जारी रहनुपर्छ।”
कार्यक्रममा गोरखा ग्रुपका सेयर सदस्य तथा गोरखा स्कुल घोराहीका भूपू सहायक प्रिन्सिपल मानबहादुर बुढाको पनि विशेष उपस्थिति थियो । उनले शिक्षा क्षेत्रका आफ्नो अनुभव र सुझावहरू प्रस्तुत गर्दै विद्यालयको शैक्षिक सुधारका लागि थप प्रेरणादायक सन्देश दिए । उनले विद्यालयका विद्यार्थीहरूको पठनपाठन पद्धतिमा प्राविधिक र समकालीन शैली समावेश गर्नुपर्नेमा जोड दिए । त्यस्तै कार्यक्रममा गढावा बहुमुखि क्याम्पसका प्रमुख विकास रजौरेले देउखुरीको दक्षिण बेल्टका निजि बिद्यालयहरुले शिक्षामा पुरयाएको योगदान बारे जोड दिएका थिए । यस्तै प्याब्सन दाङका वरिष्ठ उपाध्यक्ष विजयमान जिएमले शिक्षा प्राप्तिमा आमाहरुको भूमिका बारे उदाहरण सहित प्रस्त्याएका थिए ।
विद्यालयका प्राचार्य थानेश्वर न्यौपानेले विद्यालयले हालसम्म हासिल गरेको उपलब्धिहरूका बारेमा जानकारी गराउँदै आगामी योजनाहरू प्रस्तुत गरे । उनले विद्यालयको भौतिक तथा शैक्षिक सुधारका लागि सरोकारवालाहरूको भूमिका अपरिहार्य रहेको उल्लेख गर्दै, सामुदायिक सहभागिताका माध्यमबाट अझ उत्कृष्ट सेवा दिन विद्यालय प्रतिबद्ध रहेको बताए ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापकले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।, जसमा शैक्षिक सुधार,अतिरिक्त क्रियाकलापहरू,भौतिक पूर्वाधार विकास र विद्यालयको समग्र प्रगतिका मुख्य बुँदाहरू समावेश थिए । अभिभावकहरूले विद्यालयको प्रगतिमा खुशी व्यक्त गर्दै थप सुधारका लागि विभिन्न सुझाव दिएका थिए।
कार्यक्रममा स्थानीय सरोकारवालाहरू,शिक्षक, अभिभावक,विद्यार्थी,विद्यालय व्यवस्थापन समिति सदस्य र अन्य अतिथिहरूको उल्लेखनीय उपस्थिति थियो । कार्यक्रममा विविध सांस्कृतिक प्रस्तुति र सम्मान कार्यक्रम पनि समावेश गरिएको थियो।
त्यस्तै विद्यालयले आफ्नो स्थापना कालदेखि नै समुदायलाई गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको र भविष्यमा अझ उत्कृष्ट सेवा प्रदान गर्ने लक्ष्य राखेको जानकारी दिइएको छ ।
