
Bksbus5
Rbs
dsbus
Gsl
Amb
Csbus
Syees
Gsbus
Ratbs
syysr
Pbu
Nssbus7
Ssbus
Jsbus
gms
Ddhbs

Bbbpu
Rgu
Ssm
Pvg
Rgu
Ggd
Sbs
Sls
Ksm
Hal
nsb
Tsm
Vor
Asm
Wsp
Bbu
Gst
Rgs
Rsb

Rpp
sab
Mks
Rmb
Jmb
Bml
Jmb
bbt
Syp
Abd
Pls
Gsb
Ptm
दाङ । देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर ५ सिसहनियाँबाट सरूवा भएर गएका ५ जना शिक्षकले प्रधानाध्यापकको जिम्मेवारी सम्हाल्न लागेका छन् ।
राप्ती गाउँपालिकाले हालै माध्यमिक तथा आधारभुत तहका शिक्षकहरूको दरबन्दी मिलान गर्ने क्रममा सो विद्यालयबाट सरूवा भएर जान लागेका ५ जना शिक्षकले सम्बन्धित विद्यालयको जिम्मेवारी सम्हाल्न लागेका हुन् ।
जस अनुसार गोविन्द बहादुर केसीले शंकर माध्यमिक विद्यालय पिपरी, गणेश प्रसाद शर्माले माध्यमिक विद्यालय माैरीघाट, अनुपम योगीले बाल कल्याण आधारभुत विद्यालय पहरूवा, देउकुमार वलीले नेपाल राष्ट्रिय माध्यमिक विद्यालय भालुवाङ र हरिश्र्चन्द्र चाैधरीले सरस्वती आधारभुत विद्यालय छोट्की सिसहनियाँमा प्रधानाध्यापकको जिम्मेवारी लिन लागेका हुन् ।
यसै बीच शुक्रबार सर्वोदय माध्यमिक विद्यालय सिसहनियाँले सरूवा भएर आएका शिक्षकहरूलाई फूलमाला सहित स्वागत तथा बिदाई भएर जान लागेका शिक्षक तथा निवृत्त भएका १ जना शिक्षकलाई बिदाई तथा सम्मान गरेको छ । माध्यमिक विद्यालय माैरीघाटबाट लक्षण सारू मगर, यम आचार्य,सुमित्रा पाण्डे,राष्ट्रिय माध्यमिक विद्यालय भालुवाङबाट सरिता घिमिरे,बाल कल्याण आधारभुत विद्यालय पहरूवाबाट कृष्णमाया चाैधरी र सरस्वती आधारभुत विद्यालय छोट्की सिसहनियाँबाट सरूवा भएर आएका जुगमानी चाैधरीलाई विद्यालयले स्वागत गरेको छ ।
त्यस्तै सर्वोदयबाट शंकर माध्यमिक विद्यालय पिपरी जान लागेका गोविन्द बहादुर केसी,माध्यमिक विद्यालय माैरीघाट जान लागेका गणेश प्रसाद शर्मा, शोप मल्ल,प्रतिस चाैधरी, अनुप चाैधरी,बाल कल्याण आधारभुत विद्यालय पहरूवा जान लागेका अनुपम योगी,शरदचन्द्र थापा,ज्ञानोदय माध्यमिक विद्यालय पत्थरगढवा जान लागेका गोपाल पाैडेल,नेपाल राष्ट्रिय मावि भालुवाङ जान लागेका देउकुमार वली, सरस्वती आधारभुत विद्यालय छोट्की सिसहनियाँ जान लागेका हरिश्र्चन्द्र चाैधरीलाई फूलमाला र कदरपत्रले बिदाई गरिएको थियोे भने निवृत्त भएका शिक्षक चिरञ्जीवी अधिकारीलाई पनि फूलमाला, दोसल्ला ओढाएर सम्मान पत्रका साथ भव्य तरिकाले बिदाई तथा सम्मान गरिएको थियो । अधिकारीले सर्वोदय माविमा साढे १८ वर्ष, आदर्श नमुना मावि लालमटियामा ९ वर्ष, साढे ७ वर्ष मावि गंगदी राजपुरमा गरि साढे ३५ वर्ष अध्यापनरत रहेका थिए ।
विद्यालयका प्रधानाध्यापक विनोद कुमार गुप्ताको अध्यक्षता एवम् शिक्षक अभिभावक संघका संयोजक रोहण चाैधरीको प्रमुख आतिथ्यता तथा वि.व्य.स सदस्य श्यामा रावतको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा शिक्षकहरू लक्ष्मण सारू,देउकुमार वली,चिरञ्जीवी अधिकारीले स्वागत तथा बिदाई मन्तव्य व्यक्त गरेका थिए । शिक्षक बसन्त केसीको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको सञ्चालन शिक्षक रामकृष्ण पाैडेलले गरेका थिए ।
