तुलबहादुर कवँर मगर/राप्ती गाउँपालिका शुक्रबार, मंसिर १४, २०८१

दाङ । देउखुरीकाे राप्ती गाउँपालिका वडा नम्बर २ लालमटियामा रहेको आदर्श नमूना माध्यमिक विद्यालयले विद्यार्थीहरुलाई योग तथा बाल संस्कार सम्बन्धी प्रशिक्षण दिएको छ ।विद्यालयले कक्षा ८ देखि १२ सम्मका करिब ७ सय विद्यार्थीहरुलाई साे प्रशिक्षण दिएको हाे । विद्यार्थीहरुकाे शारीरिक,मानसिक,नैतिक विकास गर्दै अनुशासित र जिम्मेवार नागरिक बनाउने उदेश्य उक्त प्रशिक्षण कार्यक्रम आयोजना गरिएकाे विद्यालयका प्रधानाध्यापक खेतुलाल पाैडेलले बताए ।

राप्ती गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पहलमान चाैधरीले पछिल्लो समय आधुनिक जीवनशैली,प्रविधिमा बढी निर्भरत र परिवारभित्र समय अभाव जस्ता कारणले परम्परागत संस्कार र योग जस्ता शारीरिक तथा मानसिक स्वास्थ्यसम्बन्धी अभ्यासमा विद्यार्थीहरूको चासो घट्दै गएको बताउदै यस्ता कुराहरु निरन्तर सिकाउन आवश्यक रहेको बताए ।मंसिर ११ देखि १३ गते सम्म सञ्चालन भएको उक्त कार्यक्रमको प्रशिक्षकमा योगगुरु रविन्द्र बस्नेत रहेका थिए । योग गुरु बस्नेतले शिविरमा सहभागी विद्यार्थीहरुलाई योगासन, ध्यान मुद्रा, प्राणायाम आहार,विहार,चर्या जस्ता प्रयोगात्मक ज्ञान सहितको प्रशिक्षण दिएका थिए ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]