
Csbus
dsbus
Syees
syysr
Rbs
Jsbus
Ratbs
Pbu
gms
Gsbus
Bksbus5
Gsl
Ssbus
Ddhbs
Amb
Nssbus7

Vor
Rgu
Ssm
Hal
Rgs
Wsp
Bbu
Ggd
nsb
Ksm
Rsb
Sbs
Gst
Sls
Pvg
Tsm
Bbbpu
Rgu
Asm

sab
Mks
Abd
Bml
Gsb
Pls
Syp
bbt
Jmb
Rmb
Rpp
Jmb
Ptm
दाङ । देउखुरीकाे राप्ती गाउँपालिका वडा नम्बर २ लालमटियामा रहेको आदर्श नमूना माध्यमिक विद्यालयले विद्यार्थीहरुलाई योग तथा बाल संस्कार सम्बन्धी प्रशिक्षण दिएको छ ।
विद्यालयले कक्षा ८ देखि १२ सम्मका करिब ७ सय विद्यार्थीहरुलाई साे प्रशिक्षण दिएको हाे । विद्यार्थीहरुकाे शारीरिक,मानसिक,नैतिक विकास गर्दै अनुशासित र जिम्मेवार नागरिक बनाउने उदेश्य उक्त प्रशिक्षण कार्यक्रम आयोजना गरिएकाे विद्यालयका प्रधानाध्यापक खेतुलाल पाैडेलले बताए ।
राप्ती गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पहलमान चाैधरीले पछिल्लो समय आधुनिक जीवनशैली,प्रविधिमा बढी निर्भरत र परिवारभित्र समय अभाव जस्ता कारणले परम्परागत संस्कार र योग जस्ता शारीरिक तथा मानसिक स्वास्थ्यसम्बन्धी अभ्यासमा विद्यार्थीहरूको चासो घट्दै गएको बताउदै यस्ता कुराहरु निरन्तर सिकाउन आवश्यक रहेको बताए ।
मंसिर ११ देखि १३ गते सम्म सञ्चालन भएको उक्त कार्यक्रमको प्रशिक्षकमा योगगुरु रविन्द्र बस्नेत रहेका थिए । योग गुरु बस्नेतले शिविरमा सहभागी विद्यार्थीहरुलाई योगासन, ध्यान मुद्रा, प्राणायाम आहार,विहार,चर्या जस्ता प्रयोगात्मक ज्ञान सहितको प्रशिक्षण दिएका थिए ।

