
dsbus
Rbs
Nssbus7
Jsbus
Syees
Bksbus5
Ssbus
Gsl
gms
Csbus
Ratbs
syysr
Ddhbs
Gsbus
Amb
Pbu

Gst
Pvg
Vor
Rsb
Tsm
Hal
Ksm
Rgu
Asm
Sbs
Rgu
Rgs
Ggd
Ssm
Wsp
Bbu
Bbbpu
nsb
Sls

sab
Abd
Gsb
Ptm
Rpp
Syp
Jmb
bbt
Pls
Mks
Rmb
Bml
Jmb
काठमाडौँ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) को आयोजनामा ‘तेस्रो प्याब्सन अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलन’ हुन थालेको छ ।
सम्मेलन यही मङ्सिर १४ र १५ गते काठमाडौँमा हुने भएको हो । सम्मेलन प्याब्सनको आयोजना तथा नेपाल सरकार, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय र ब्रिटिस काउन्सिलको सहजीकरणमा हुन थालेको प्याब्सनका अध्यक्ष डिके ढुङ्गानाले जानकारी दिएका छन् । काठमाडौँको होटल हायत रिजेन्सीमा हुन थालेको कार्यक्रममा शिक्षा क्षेत्रका अग्रणी व्यक्तित्वहरु, विद्यालयका संस्थापक प्रिन्सिपलहरु, शैक्षिक निर्देशक र अग्रणी शिक्षकहरु सहभागी हुने अध्यक्ष ढुङ्गानाले जानकारी दिएका छन् ।
सम्मेलनमा विद्यालयको स्तर उन्नति, कक्षा कोठाको सुधार, शैक्षिक नेतृत्वको विकास, र शिक्षक– विद्यार्थीको शैक्षिक गतिविधिलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा गहन छलफल गरिने अध्यक्ष ढुङ्गानाले बताए । ‘विशेष रूपमा, सामुदायिक विद्यालयका शिक्षकहरूलाई समेत सहभागी गराइनेछ,जसले नेपालको शिक्षा प्रणालीमा सुधार ल्याउन योगदान पुर्याउनेछ । यस शैक्षिक सम्मेलनमा फिनल्यान्ड, बेलायत र क्यानाडा जस्ता शिक्षामा अग्रणी देशहरूबाट प्रतिष्ठित वक्ताहरूले आफ्ना अनुभव र सफल शैक्षिक मोडलहरू प्रस्तुत गर्नुहनेछ । साथै, यो सम्मेलनलाई नेपाल सरकारको शिक्षा मन्त्रालय र ब्रिटिस काउन्सिलद्वारा सहजीकरण हुनेछ, जसले यसलाई अझ प्रभावकारी र परिणाममुखी बनाउनेछ । सम्मेलनमा भुटान, पाकिस्तान, बङ्गलादेश, श्रीलंका, भारत र भियतनामबाट पनि सहभागिताका लागि निश्चित भइसकेको छ ।’ अध्यक्ष ढुङ्गानाले बताए ।
दुई दिनसम्म चल्ने यस सम्मेलनमा १२ भन्दा बढी सेसनहरू सञ्चालन हुने बताइएको छ । ‘विविध शैक्षिक विषयका छलफल, नीतिगत बहस, र विद्यालय सुधारका लागि प्रभावकारी उपायहरूको खोजी गरिनेछ । यसका साथै विद्यालय व्यवस्थापन, शिक्षक प्रशिक्षण, र शैक्षिक नेतृत्वको सुदृढीकरणमा महत्वपूर्ण सुझावहरू प्रस्तुत गरिनेछन् ।
त्यस्तै अन्तराष्ट्रिय स्तरको शिक्षा नेपालमा नै प्रदान गरी नेपालबाट बाहिरिने विद्यार्थी रोक्न र नेपालमा नै विदेशी विद्यार्थी अध्ययन गराई नेपाललाई शैक्षिक गन्तव्य बनाउन पनि सम्मेलनको उद्देश्य रहेको प्याब्सनका महासचिव आरबि कटवालले बताए । सम्मेलनमा प्रशिक्षार्थी,वक्ता तथा प्रिजेन्टर गरी ४ सय ५० जना सहभागी हुने भएका छन् । नेपालको शिक्षा क्षेत्रको एक महत्पवूर्ण कार्यक्रमका रुपमा यसलाई लिइदै आएको छ ।
