
mbd
Mbdvs
Gisld
Rbs
Ksm
Sds
Gmk
Anm
Pbu

Hal
Gst
Tsm
Asm
Wsp
Bbbpu
Rgu
Sbs
Ssm
Vor
Rgs
Rsb
Bbu
Sls
Rgu
Ksm
Ggd
Pvg
nsb

Rpp
Rmb
Syp
sab
Pls
bbt
Ptm
Abd
Gsb
Bml
Mks
Jmb
Jmb
दाङ । जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले स्वरुप परिवर्तन (मोडिफाई) गरेर चलाउने २२ वटा बाईक र चालकहरुलाई नियन्त्रणमा लिएर कारबाही गर्न सुरु गरेको छ ।
साईलेन्सर पाईपको स्वरूप परिवर्तन (मोडिफाई) गरी ठुलो अवाज निकाली (ध्वनी प्रदुषण) गरी ठुलो आवाज निकालेर सडकमा चलाएका मोटरसाईकलहरूलाई नियन्त्रणमा लिई कम्पनिकै साईलेन्सर पाईप राख्न लगाई आवश्यक कानुनी कारवाही गरी सम्बन्धित सवारी धनीहरूलाई जिम्मा लगाउने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका ट्राफिक प्रमुख प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए ।
विशेष गरि क्रस बाईक बुलेट बाईकहरुमा यो समस्या देखिने गरेको गाउँ,टोल,समाजबाट नागरिकहरुको गुनासो आइरहेको शाहीको भनाई छ । ‘बाईकको साईलेन्सर परिबर्तन गरि ठुलो आवाज आउने भएकाले ध्वनि प्रदुषण भएको गुनासो आउन थालेपछि हामीले त्यस्ता बाईकहरुलाई निगरानी गर्न थालेका हौँ’,उनले भने,विशेष गरि बुलेट बाईकहरुमा यो समस्या देखिएको छ । २२ वटा विभिन्न मोटरसाइकल जति बाईक र चालकलाई नियन्त्रणमा लिएर कारबाही गरिएको प्रमुख शाहीले बताए ।’
निरीक्षक शाही एक्सनमा आएकोले धमाधम मोडिफाई बाईकहरु र चालकलाई दाङ ट्राफिक प्रहरीले कारबाही गरेको छ । साथै बाईकहरु मोडीफाई नगर्न अनुरोध गर्दै ट्राफिक नियमको पालना गर्न सम्पूर्णमा ट्राफिक प्रमुख शाहीले आग्रह गरेका छन् । सवारी तथा यातायात व्यवस्था ऐनमा स्वरूप परिवर्तन गरी सवारी चलाएमा सोही ऐन बमोजिम कारबाही हुने प्रमुख शाहीले बताए ।
