
Ksb
Rsb
Gsb
Ssb
Tgp
Ksb
Bsn
Nsb
Rks
Ksb
Ppu
Csb
Ssb
Usb

Tsb
Ssb
Hl1
Gsb
Usb

Nps
Rgu
ptl
दाङ । राजपुर -२ मटेरिया स्थित फेमिली प्याराडाइज इङलिस बोर्डिङ स्कुलको १५ औं वार्षिक उत्सव कार्यक्रम आइतबार भव्य साथ सम्पन्न भएको छ ।
विद्यालय व्यवस्थापन समितिका सदस्य तथा समाजसेवी तुलसीराम भण्डारीको अध्यक्षता तथा राजपुर गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष ओमप्रकाश यादवको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा वडा अध्यक्ष यादवले जबसम्म समाजका जिम्मेवारी व्यक्तिहरु एकजुट हुँदैन तबसम्म शिक्षामा सुधार नआउने बताएका छन् । उनले दाङ जिल्लाको दशवटा पालिका मध्य राजपुर गाउँपालिकाले मात्र नि:शुल्क शिक्षा प्रदान गरेको बताए ।
त्यस्तै वडा अध्यक्ष यादवले आफ्ना स-साना बालबालिकालाई जुनसुकै विद्यालयमा पढाएपनि विशेष गरेर अभिभावकहरु चनाखो भएर आफ्ना बालबालिकालाई ध्यान दिनुपर्ने बताए । उनले आफ्नो बालबालिकाको पढाईका लागि लगाएको लगानी त्यस्तै खेर जान नदिनका लागि निरन्तर निगरानीमा राखिराख्नु पर्ने बताएका थिए । राजपुर गाउँपालिकामा एउटा मात्र माध्यमिक तहको संस्थागत विद्यालय फेमिली प्याराडाइज इङलिस स्कुल रहेको स्पष्ट पारे । उनले आफ्ना बालबालिकालाई टाढा लगेर पढाएपनि खर्च बढी आउने तर त्यसको परिणाममा कुनै फरक नआउने भएको हुँदा नजिकको विद्यालयमै पढाउन अभिभावकहरुलाई आग्रह गरे ।
विद्यालय संचालिका देबा खनालको स्वागत मन्तव्यबाट संचालन भएको कार्यक्रममा घुम्ना इङलिस बोर्डिङ स्कुल लमहीका प्रिन्सिपल प्रकाश चौधरी,कठबेरुवा-मटेरिया खानेपानी संस्थाका अध्यक्ष ऋषिराम घिमिरे,मुनामिलन इङलिस स्कुल गढवाका एमडी लोकराज भुसाल,डिबेल इङलिस स्कुल गढवाका प्रिन्सिपल भानुप्रसाद यादव, समाजसेवी नारायण प्रसाद भट्टराई, जनकल्याण सामुदायिक वन राजपुर-३ का अध्यक्ष लिलाराम यादव,खैरेनी सामुदायिक वन राजपुर-१ सिरिया नाका अध्यक्ष देबिराम सुनार (अपिल),राजपुर -१ कठबेरुवाकि समाजसेवी प्रेमी सोमै घर्ती मगर लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा विद्यालयका प्रवन्ध निर्देशक टोपेन्द्र खनालले विद्यालयको स्थापनाको उदेश्य सहित हालसम्म गरेका संघर्षको बारेमा उपस्थित अतिथि, अभिभावक तथा शिक्षक विद्यार्थीलाई विशेष रुपले जानकारी गराएका थिए ।
विद्यालयका छात्रा प्रमिला बुढा,गोमा खत्री,दिपा बिकको स्वागत नृत्यबाट सुरु भएको कार्यक्रममा विद्यालयकि पुर्व अभिभावक तथा जेष्ठ नागरिक अमि महरालाई सम्मान गरिएको थियो । यस्तै कार्यक्रममा दीप प्रजोलन गरि १५ कन्यालाई टीकां र दक्षिणा प्रदान गरिएको थियो । कार्यक्रममा विद्यार्थी तथा अभिभावकहरुले आफ्नो बिजोड प्रस्तुति प्रस्तुत गरेका थिए । त्यस्तै कार्यक्रममा सहभागी सम्पूर्ण अतिथिहरुलाई मायाको चिनो समेत प्रदान गरिएको थियो ।
विद्यालयको वार्षिक उत्सव कार्यक्रमको अबसरमा आफ्ना कला प्रतिभा देखाउने विद्यार्थी र अभिभावकहरुलाई विद्यालयले सम्मान पत्रले सम्मान गरेको थियो भने कार्यक्रमको संचालन विद्यालयका भाइस प्रिन्सिपल अनुप चौधरीले गरेका थिए ।
प्रमुख अतिथिका लागि राजपुर गाउँपालिका अध्यक्षले समय दिएको भएतापनि उनी उपस्थित नभएपछि कार्यक्रम विशिष्ट अतिथिको रोहवरमा सम्पन्न भएको थियो ।

