
Ratbs
Rbs
Gsbus
syysr
Bksbus5
Amb
Syees
Ddhbs
Csbus
Gsl
Nssbus7
gms
dsbus
Ssbus
Pbu
Jsbus

Rgs
Rgu
Sbs
Hal
Ssm
Bbbpu
Asm
Ksm
nsb
Sls
Tsm
Wsp
Vor
Pvg
Rsb
Gst
Ggd
Rgu
Bbu

Gsb
Abd
Ptm
Pls
Bml
Syp
Rmb
Rpp
Mks
Jmb
bbt
Jmb
sab
दाङ । राजपुर -२ मटेरिया स्थित फेमिली प्याराडाइज इङलिस बोर्डिङ स्कुलको १५ औं वार्षिक उत्सव कार्यक्रम आइतबार भव्य साथ सम्पन्न भएको छ ।
विद्यालय व्यवस्थापन समितिका सदस्य तथा समाजसेवी तुलसीराम भण्डारीको अध्यक्षता तथा राजपुर गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष ओमप्रकाश यादवको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा वडा अध्यक्ष यादवले जबसम्म समाजका जिम्मेवारी व्यक्तिहरु एकजुट हुँदैन तबसम्म शिक्षामा सुधार नआउने बताएका छन् । उनले दाङ जिल्लाको दशवटा पालिका मध्य राजपुर गाउँपालिकाले मात्र नि:शुल्क शिक्षा प्रदान गरेको बताए ।
त्यस्तै वडा अध्यक्ष यादवले आफ्ना स-साना बालबालिकालाई जुनसुकै विद्यालयमा पढाएपनि विशेष गरेर अभिभावकहरु चनाखो भएर आफ्ना बालबालिकालाई ध्यान दिनुपर्ने बताए । उनले आफ्नो बालबालिकाको पढाईका लागि लगाएको लगानी त्यस्तै खेर जान नदिनका लागि निरन्तर निगरानीमा राखिराख्नु पर्ने बताएका थिए । राजपुर गाउँपालिकामा एउटा मात्र माध्यमिक तहको संस्थागत विद्यालय फेमिली प्याराडाइज इङलिस स्कुल रहेको स्पष्ट पारे । उनले आफ्ना बालबालिकालाई टाढा लगेर पढाएपनि खर्च बढी आउने तर त्यसको परिणाममा कुनै फरक नआउने भएको हुँदा नजिकको विद्यालयमै पढाउन अभिभावकहरुलाई आग्रह गरे ।
विद्यालय संचालिका देबा खनालको स्वागत मन्तव्यबाट संचालन भएको कार्यक्रममा घुम्ना इङलिस बोर्डिङ स्कुल लमहीका प्रिन्सिपल प्रकाश चौधरी,कठबेरुवा-मटेरिया खानेपानी संस्थाका अध्यक्ष ऋषिराम घिमिरे,मुनामिलन इङलिस स्कुल गढवाका एमडी लोकराज भुसाल,डिबेल इङलिस स्कुल गढवाका प्रिन्सिपल भानुप्रसाद यादव, समाजसेवी नारायण प्रसाद भट्टराई, जनकल्याण सामुदायिक वन राजपुर-३ का अध्यक्ष लिलाराम यादव,खैरेनी सामुदायिक वन राजपुर-१ सिरिया नाका अध्यक्ष देबिराम सुनार (अपिल),राजपुर -१ कठबेरुवाकि समाजसेवी प्रेमी सोमै घर्ती मगर लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा विद्यालयका प्रवन्ध निर्देशक टोपेन्द्र खनालले विद्यालयको स्थापनाको उदेश्य सहित हालसम्म गरेका संघर्षको बारेमा उपस्थित अतिथि, अभिभावक तथा शिक्षक विद्यार्थीलाई विशेष रुपले जानकारी गराएका थिए ।
विद्यालयका छात्रा प्रमिला बुढा,गोमा खत्री,दिपा बिकको स्वागत नृत्यबाट सुरु भएको कार्यक्रममा विद्यालयकि पुर्व अभिभावक तथा जेष्ठ नागरिक अमि महरालाई सम्मान गरिएको थियो । यस्तै कार्यक्रममा दीप प्रजोलन गरि १५ कन्यालाई टीकां र दक्षिणा प्रदान गरिएको थियो । कार्यक्रममा विद्यार्थी तथा अभिभावकहरुले आफ्नो बिजोड प्रस्तुति प्रस्तुत गरेका थिए । त्यस्तै कार्यक्रममा सहभागी सम्पूर्ण अतिथिहरुलाई मायाको चिनो समेत प्रदान गरिएको थियो ।
विद्यालयको वार्षिक उत्सव कार्यक्रमको अबसरमा आफ्ना कला प्रतिभा देखाउने विद्यार्थी र अभिभावकहरुलाई विद्यालयले सम्मान पत्रले सम्मान गरेको थियो भने कार्यक्रमको संचालन विद्यालयका भाइस प्रिन्सिपल अनुप चौधरीले गरेका थिए ।
प्रमुख अतिथिका लागि राजपुर गाउँपालिका अध्यक्षले समय दिएको भएतापनि उनी उपस्थित नभएपछि कार्यक्रम विशिष्ट अतिथिको रोहवरमा सम्पन्न भएको थियो ।

