
Gis
Ksbus
Ssbus
Gsl
Nssbush
Bsbus
bpmhl
Gsbus
Ksbus
Ssbus
Gsbus
Gsbus
Gis
Ses
Lsbus
ebg
Gms
Gis
Ssbus
Ksbus

Rgu
Pvg
Asm
Vor
Bbu
Ggd
Hal
Tsm
Ksm
Rsb
Ssm
Sls
Wsp
Gst
Rgu
Bbbpu
Rgs
nsb
Sbs

Gsb
Abd
Rmb
Pls
Bml
Rpp
Jmb
Jmb
Ptm
bbt
sab
Syp
Mks
दाङ । घोराहीमा प्रथम गोरखा नगरस्तरीय हाप्किडो च्याम्पियनसिप–२०८१ सुरु भएको छ ।
हाप्किडो खेलको विकाससँगै नयाँ प्रतिभाको पहिचान र संरक्षण गर्ने उद्देश्यले गोरखा स्कुल हाप्किडो डोजाङको आयोजना तथा नेपाल हाप्किडो संघको सहयोगमा च्याम्पियनसिप सुरु भएको हो ।
प्रथम गोरखा नगरस्तरीय हाप्किडो च्याम्पियन सिपको लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्य सचिव तिरणदाज गौतमले गरेका हुन । प्रतियोगिताको उद्घाटन गर्दै प्रमुख अतिथि गौतमले राष्ट्रको पहिचानसँग जोडिएको खेलकुद क्षेत्रको विकासका लागि स्थानीयस्तरबाटै हुन आवश्यक रहेको बताए ।
प्रतियोगिताको उद्घाटन कार्यक्रममा बोल्दै नेपाल हाप्किडो संघका केन्द्रीय अध्यक्ष कालीबहादुर घर्ती मगरले व्यक्तिगत स्वास्थ्यसँगै अनुशासन र आत्मसुरक्षाका लागि हाप्किडो खेल महत्वपूर्ण रहेको बताए । नेपालमा पछिल्लो समय हाप्किडो खेलको विकास भइरहेको भन्दै केन्द्रीय अध्यक्ष घर्ती मगरले हाप्किडो खेलबाट नेपालको नाम विश्व सामु खेलाडीहरुले चिनाउने काम गरिरहेको बताए ।
कार्यक्रममा बोल्ने अन्य बक्ताहरुले खेलकुद क्षेत्रको विकाससँगै व्यक्तिगत आत्मसुरक्षा र अनुशासनका लागिका लागि हाप्किडो खेल महत्वपूर्ण भएको बताए । प्रतियोगिता संयोजक तथा गोरखा स्कुल हाप्किडो डोजाङका प्रमुख प्रशिक्षक विशाल थापाको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा घोराही उपमहानगरपालिका–१४ का अध्यक्ष भानसिंह बुढा, घोराही नगर खेलकुद समितिका संयोजक नरेन्द्र पुन लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कात्तिकको ३० र मंसिरको १ गतेसम्म चल्ने प्रतियोगितामा घोराही नगर क्षेत्रका ३४ विद्यालयका आठ सय बढी खेलाडीको सहभागीता रहेको प्रतियोगिता संयोजक तथा गोरखा स्कुल हाप्किडो डोजाङका प्रमुख प्रशिक्षक विशाल थापाले जानकारी दिएका छन् । घोराही उपमहानगरपालिका–१४ स्थीत गोरखा ईन्टरनेशल पव्लिक सेकेण्डरी स्कुलको खेल मैदानमा भएको प्रतियोगितामा फाइटतर्फ महिला र पुरुष दुवैमा समान १६–१६ वटा तौल समूहमा खेलाडीले प्रतिस्पर्धा गर्दैछन् ।
जसअन्तर्गत २० केजी मुनि, २४ केजी मुनि, २८ केजी मुनि, ३२ केजी मुनि, ३६ केजी मुनि,४० केजी मुनि,४४ केजी मुनि, ४८ केजी मुनि, ५२ केजी मुनि, ५६ केजी मुनि, ६० केजी मुनि,६४ केजी मुनि,६८ केजी मुनि, ७२ केजी मुनि, ७६ केजी मुनिर ७७ केजीमाथि तौल समूहमा प्रतिष्पर्धा गर्ने संयोजक थापाले बताए ।
प्रतियोगितामा प्रथम,द्वितीय र तृतीय हुने समूहले ट्रफिसहित प्रमाणपत्र र मेडल प्राप्त गर्नेछन् । प्रतियोगिताको उद्घाटनअघि घोराहीमा खेलाडी सहित विद्यार्थीको सहभागीतामा वृहत र्यालीको आयोजना गरिएको थियो । घोराही उपमहानगरपालिका वडा नम्बर – १४ लखन थापा पार्कबाट सुरु भएर मेनरोड हुँदै ट्राफिक चोक भएर गोरखा स्कुल र्याली पुगेको थियो ।
नेपाल हाप्किडो संघका केन्द्रीय प्रमुख प्रशिक्षक प्रविन गुरुङको स्वागत मन्तव्यवाट सुरुभएको कार्यक्रमको सहजीकरण नेपाल हाप्किडो संघकी केन्द्रीय कोषाध्यक्ष बिजया वाइवाले गरेकी थिइन ।

