
dsbus
syysr
Ddhbs
Bksbus5
Syees
Amb
gms
Pbu
Gsl
Ratbs
Rbs
Ssbus
Gsbus
Csbus
Jsbus
Nssbus7

Rgu
Bbu
Gst
Rsb
Ssm
Sbs
Bbbpu
nsb
Rgs
Asm
Vor
Ksm
Hal
Pvg
Tsm
Rgu
Ggd
Sls
Wsp

Abd
Syp
Rpp
Gsb
Pls
Jmb
Ptm
sab
Jmb
Bml
Mks
bbt
Rmb
दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नं १,२ र ३ मा दुई दिने आधारभूत तहमा समावेशी समुदाय विकास र सशक्तिकरणका लागि सिकाइ आपूरण तथा द्रुत सिकाइ योजना तालिम सम्पन्न भएकोे छ।
स्ट्रोम फाउण्डेशन र एच्.डब्लु.ई.पी.सि.(HWEPC) को संयुक्त पहलमा आयोजित यस तालिम समुदायका सदस्यहरूलाई शिक्षाको माध्यमबाट सशक्त बनाउँदै उनीहरूको आर्थिक र सामाजिक विकासमा सहयोग पुर्याउने मुख्य उद्देश्य सहित सम्पन्न भएकोे हो ।
आधारभुत तहमा सिकाइ आपूरण र द्रुत सिकाइ सहयोग सम्बन्धि सम्पन्न तालिममा वडा नं १, २, र ३ का ३० जना शिक्षकहरु सहभागी भएका थिए । दुई दिन चलेको तालिममा सहजीकरण तथा प्रशिक्षणकाे रूपमा राजपुर गाउँपालिका शिक्षा शाखा अधिकृत केशव लम्साल र जन ज्योति माध्यमिक विद्यालयका शिक्षक भिमकन्त यादव रहेका थिए।
मानवकल्याण तथा वातावरण संरक्षण केन्द्रका शिक्षक थिम लिडर कार्यक्रम संयोजक मोतीराम चौधरीका अनुसार आधारभूत तहमा सिकाइ आपूरण र द्रुत सिकाइ सहयोग सम्बन्धि कार्यक्रम सिकाईको आवश्यकता किन र कसका लागि, कहिले र कसरी गर्ने भने विषयमा छलफल गरिएको थियो।
यस्तै न्यूनतम सिकाइ सक्षमताको मापनको कार्य ढाँचा र नमुना प्रशनपत्र तथा विद्यार्थी वर्गीकरण र विषयवस्तुको छनौट तथा सिकाइ आपुरणको रणनीतिहरु के के हुन् र यसको कार्यान्वयन योजना निर्माण र कार्यान्वयनको बारेमा विस्तृत छलफल समेत गरिएको थियो।
मानवकल्याण तथा वातावरण संरक्षण केन्द्रका दाङ जिल्ला निर्देशक प्रदिप मजगैयाँकाे अध्यक्षता तथा राजपुर गाउँपालिका अध्यक्ष शरद कुमार बुढाथोकीको प्रमुख अतिथिमा कार्यक्रम सम्पन्न भएको थियो ।
