Sidha Patra मंगलबार, कार्तिक १३, २०८१

दाङ । तुलसीपुरमा प्रतिबन्धित ट्रामाडोल सहित एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर –८ निवासी ५३ वर्षीय (आन्टि नामले चिनिने) तीलकुमारी विश्वकर्मा रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी तथा प्रहरी निरीक्षक पकाश थापाले जानकारी दिए ।

उनका अनुसार तुलसीपुर–८ को दुधेनामा संकास्पद रुपमा हिडिरहेको भन्ने गोप्य सूचनाको आधारमा इप्रका तुलसीपुरबाट खटिएको प्रहरी टोलीले ११ गते आइतबार दिउँसो २ः४० बजे पक्राउ गरेको हो । उनले बोकेको ब्यागमा ५० ग्रामका ३५ पत्तामा ३५० ट्याब्लेट ट्रामाडोल हाइड्रोक्लोराइड फेला परेपछी उनको घरर्मै गएर खानतलासी गर्दा लुकाइछिपाइ राखिएको अवस्थामा ५० ग्रामका २३४ पत्तामा दुइ हजार ३४० ट्याब्लेट ट्रामाडोल पनि बरामद गरेको प्रहरी निरीक्षक थापाले बताए ।

त्यस्तै पक्राउ परेकी विश्वकर्मालाई इलाका प्रहरी कार्यालय तुलसीपुरको हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]