
Pes
Djs
Srbpu
sbs
pku
Lnp
Pbu
Rgp1
Ggp
Gfs
Sgr
Rgp
Unsku
cjs

Bbu
nsb
Sbs
Rgu
Ksm
Hal
Bbbpu
Tsm
Ggd
Pvg
Rgs
Rsb
Vor
Gst
Wsp
Rgu
Asm
Ssm
Sls

Mks
Gsb
Abd
Jmb
bbt
Rmb
Rpp
Pls
Ptm
Syp
sab
Bml
Jmb
काठमाडौँ । देशैभर २८ हजार बढी डेंगु सङ्क्रमित भएकोमा १२ जनाको मृत्यु भएको छ ।ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) को पछिल्लो तथ्याङ्क अनुसार देशभर डेंगु सङ्क्रमितको संख्या २८ हजार २ सय १२ जना पुगेको छ । उनीहरूमध्ये १२ जनाको मृत्यु भएको हो ।
त्यस्तै देशभर फैलिएको डेंगु सङ्क्रमितमध्ये सबैभन्दा बढी गण्डकीमा प्रदेशका १३ हजार ८९८ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ । यस्तै, सबैभन्दा कम कर्णाली प्रदेशमा डेंगु सङ्क्रमित छन् । यहाँ ३ सय १९ जना डेंगु सङ्क्रमित छन् । यस्तै, कोशी प्रदेशका १ हजार ७४२ जनालाई, मधेस प्रदेशका ४८७ जनालाई डेंगु सङ्क्रमण भएको छ ।
यस्तै,बागमती प्रदेशका ९ हजार १३२ जनालाई डेंगु पुष्टि भएको छ भने, लुम्बिनीका १ हजार ४ सय ४५ जनालाई डेंगु सङ्क्रमण भएको ईडीसीडीले जनाएको छ । यस्तै, सुदूरपश्चिमका १ हजार १ सय ८९ जनालाई डेंगु सङ्क्रमण भएको छ ।
त्यस्तै, जिल्लागत रुपमा सबैभन्दा बढी कास्कीका ७ हजार १६१ जनालाई डेंगु सङ्क्रमण भएको छ । यो तथ्याङ्क माघ दोस्रो सातायताको हो । देशभर ७७ जिल्लामध्ये ७६ जिल्लामा डेंगु सङ्क्रमण भएको ईडीसीडीले जनाएको छ ।
