
Bksbus5
Jsbus
dsbus
Gsbus
syysr
Nssbus7
Gsl
Rbs
Amb
gms
Ratbs
Csbus
Pbu
Ssbus
Syees
Ddhbs

Bbbpu
Rsb
Vor
Ssm
nsb
Sls
Bbu
Ksm
Sbs
Hal
Pvg
Ggd
Rgu
Gst
Rgs
Wsp
Rgu
Tsm
Asm

Rmb
Ptm
Jmb
bbt
Rpp
Bml
Jmb
Pls
sab
Gsb
Syp
Abd
Mks
दाङ । नेपाल राष्ट्रिय शिक्षक संगठन गढवा गाउँपालिका कार्यसमितिले विवादास्पद तवरले अबैधानीक ढंगबाट जिल्लाका कतिपय स्थानीय तहहरुमा शिक्षक महासंघ गठन गर्न थालिएको भन्दै कडा आपत्ति प्रकट गरेको छ ।
यस्ता अवैधानिक गतिविधीलाई मान्यता नदिन र समन्वय गर्न भनी संगठनले आईतवार जिल्लाका सबै स्थानीय सरकार प्रमुखहरुलाई ध्यानाकर्षण गराउने क्रममा देउखुरीको गढवा गाउँपालिकामा ध्यानाकर्षण पत्र बुझाएको संगठनका दाङ जिल्ला अध्यक्ष मिनराज शर्माले जानकारी दिए ।
सबै शिक्षकहरुको पेशागत हक, हित, न्याय र अधिकारका लागि गठन गरिदै आएको संयुक्त छाता संगठन नेपाल शिक्षक महासंघ गठन प्रकृयामा बैधानीक बाटो मिचेर एकलौटी ढंगले केहि शिक्षक घटकका ब्यक्तिहरुले दाङका केहि पालिकाहरुमा शिक्षक महासंघ गठन गर्दै हिडेको भन्दै नेपाल राष्ट्रिय शिक्षक संगठनले सबै पालिका प्रमुखहरुलाई ध्यानाकर्षण पत्र बुझाउने अभियानको सुरुवात गरेको संगठन दाङले जनाएको छ । सोहि बमोजिम आईतवार नेपाल राष्ट्रिय शिक्षक संगठनले गढवा गाउँपालिका प्रमुख यमनारायण पोख्रेललाई ध्यानाकर्षण पत्र बुझाएको हो ।
दाङ जिल्लामा शिक्षकहरुका ८ वटा घटकहरु कृयाशिल रहेको अवस्थामा देशकै ठूलो शिक्षक संगठनलाई उपेक्षा गरिनु निन्दनिय कार्य भएको ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ । सबै घटकहरुका अध्यक्षहरुको सहमतिमा सदस्यता प्रमाणिनकरण गरिनुपर्ने, सोहि बमोजिम स्थानीय तहको अधिवेशन गरिनुपर्ने, स्थानीय तहबाट बिधान सम्मत ठंगले प्रतिनिधी चयन गरि जिल्ला अधिवेशन गरिनुपर्ने र जिल्लाहरुबाट प्रतिनिधी चयन गरि प्रदेश र संघको अधिवेशन सर्बपक्षिय सहमतिका आधारमा गरिनुपर्ने महासंघको बिधानमा उल्लेख भएको संगठनका जिल्ला अध्यक्ष मिनराज शर्माले बताए ।
बिधानको न्यूनतम मापदण्ड समेत पालना नगरि प्रकृया मिचेर केहि शिक्षक घटकहरुले नेपाल राष्ट्रिय शिक्षक संगठन लगायत अन्य घटकहरुसंग समन्वय नै नगरि गुपचुप ढंगले दाङका केहि पालिकाहरुमा महासंघ गठन गरिएको प्रति नेपाल राष्ट्रिय शिक्षक संगठनले कडा आपत्ति प्रकट गरेको संगठनका गढवा गाउँपालिका अध्यक्ष बासुदेव पाण्डेयले बताए । शिक्षकहरुको एकता,पेशागत हक,हित र अधिकार तथा सिंगो शिक्षक आन्दोलनलाई समेत कमजोर पार्ने नियतका साथ गरिएको अबैध गतिविधी तत्काल रोक्न र सबै घटकहरुको सर्वपक्षिय सहमतिका आधारमा सदस्यता प्रमाणिकरण गरि बिधान सम्मत ठंगले अधिवेशनहरु गर्न नेपाल राष्ट्रिय शिक्षक संगठनले स्थानीय सरकार मार्फत सबैमा अनुरोध गरेको छ ।
देशका १६ जिल्लाहरु र दाङका केहि पालिकाहरुमा भएका यस्ता अबैधानीक गतिविधी रोक्न र यस्ता कृयाकलापहरुलाई मान्यता नदिई समन्वयकारी ढंगले पालिका स्तरमा सर्बपक्षिय सहमतिका आधारमा शिक्षक महासंघहरु गठन गर्ने कार्यमा समन्वय गर्न ध्यानाकर्षण पत्रमा स्थानीय सरकार समक्ष आग्रह गरिएको छ ।
ध्यानाकर्षण पत्र बुझ्दै गढवा गाउँपालिकाका अध्यक्ष पोखे्रलले शिक्षकहरुको मुख्य घटक तथा अन्य घटकहरुलाई उपेक्षा गरेर महासंघ बनाउनुभन्दा बिधान सम्मत ढंगले एकिकृत भएर पेशागत महासंघ बनाउन सबै शिक्षक घटकहरुसंग स्थानीय स्तरमा समन्वयकारी भूमिका खेल्ने बताए । यो समस्या केन्द्र देखिको नै रहेको हुनसक्ने आंकलन गर्दै पालिका प्रमुख पोखे्रलले केन्द्रदेखि नै विवाद नगरि एकिकृत भएर अगाडी बढ्न शिक्षक घटकहरुलाई आग्रह गरे ।
कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक संगठन लुम्बिनी प्रदेशका सदस्य रामसुरत यादव, दाङ जिल्ला अध्यक्ष मिनराज शर्मा, उपाध्यक्ष जित बहादुर केसी, सचिव धनीराम केसी, कोषाध्यक्ष चुनप्रसाद केसी, जिल्ला सदस्यहरु बासुदेव बेल्वासे, सुरज शर्मा, राधा गौतम, राप्ती गाउँपालिकाका संगठनका अध्यक्ष लोकेन्द्र केसी, गढवाका अध्यक्ष बासुदेव पाण्डेय, राजपुर गाउँपालिकाका अध्यक्ष दिलबहादुर शाही र पालिकाका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

