
Rbs
gms
Csbus
Ratbs
Pbu
Bksbus5
Ssbus
dsbus
Jsbus
Nssbus7
Gsbus
Gsl
Amb
Ddhbs

Tsm
Gst
Bbbpu
Hal
Rgs
Rgu
Vor
Ksm
Asm
Wsp
Ggd
Rgu
Bbu
Sbs
Ssm
nsb
Sls
Rsb
Pvg

bbt
Bml
Jmb
Rpp
Syp
sab
Pls
Gsb
Ptm
Abd
Mks
Jmb
Rmb
दाङ । वर्तमान सरकारद्वारा चालिएको असंबैधानिक एवं अलोकतान्त्रिक कदमका विरुद्ध नेपाली काङ्ग्रेस क्षेत्र नम्बर १ दाङ र राजपुर गाउँपालिका गाउँ कमिटीको संयुक्त आयोजनामा शनिबार राजपुरको जंग्रहवा चोकमा र्याली सहित कोणसभा सम्पन्न भएको छ ।
नव निर्मित वडा नम्बर ५ को वडा कार्यालयको प्राङ्गणदेखि सयौं नेता र कार्यकर्ताको सहभागीमा केपी तिम्रो पाराले दुख पायो साहराले, कम्युनिस्ट सरकार मुर्दावाद, सर्वसत्तावाद मुर्दावाद,नेपाली काङ्ग्रेस जिन्दावाद, वीर बिपि जिन्दावाद, नेपाली काङ्ग्रेसको नाराले सुख पाए साहराले लगायतको नारा लगाउदै जंग्रहवा चोकको कोणसभा स्थलमा पुगेको थियो ।
राजपुर गाउँपालिका गाउँ कमिटीका सभापति सरद कुमार बिसिको सभापतित्व तथा विभागीय केन्द्रीय सदस्य अनुराग यादवको प्रमुख आतिथ्यता र तरुण विभागका केन्द्रीय सदस्य अनुराग खड्काको विशेष अतिथिमा सम्पन्न भएको कोणसभामा अहिलेको कम्युनिस्ट नालायक सरकारले नेपाली जनताले दिएको दुईतिहाई मतको दुरुपयोग गरि देशमा भ्रष्टाचार,घुसखोरी, बलात्कार,हत्यारा तथा कोभिड उन्नाइसको समय अरबाैं भ्रस्टाचार सहित विभिन्न वाइबडी काणड लगायत काण्डैकान्डको जालो फिजाएर अन्तिममा कमिसन भागबन्डा नमिले पछि संविधानको विपरीत असंबैधानिक रुपमा प्रतिनिधिसभा विघटन गर्न पुगेको बिरोध सभामा बोल्ने नेताहरुले बताउनु भयो ।
त्यस्तै सभामा क्रमशः कम्युनिस्ट नेताहरुले सुकुम्बासी समस्या समाधान गर्नको लागि लालपुर्जा वितरण गर्छौं, स्वास्थ्य, शिक्षा नि:शुल्क गर्छौं,प्रत्येकको घरघरमा ग्यासको पाइप बिछ्याउछाैं,खरको छानो हटाएर जस्तापाता वितरण गर्छौं,नेपालमा पानी जहाज ल्याउछाैं, सुखी नेपाल समृद्धि नेपाल बनाउछाैं भनि अनावश्यक नेपाली जनतालाई झुठो आश्वासन बाड्ने र झुठ्को खेती गर्ने झारपात नालायक कम्युनिस्ट सरकारको अब एक प्रशेन पनि बिश्वास गर्न नहुने नेताहरुले बताउनु भएको छ ।
उक्त कोणसभामा नेताहरुले वर्तमान नालायक झारपात कम्युनिस्ट सरकार र नेताहरुको नालिबेली बारेमा बयान गर्न सो सभाको समयले नभ्याउने र अब प्रत्येक वडा तथा बस्ती मै पुगेर नेपाली जनतालाई बुझाउने र भंगाफोर गर्ने बताउनु भयो ।
नेपाली काङ्ग्रेस राजपुर गाउँ कमिटीका सचिब केशवराम यादवको स्वागत मन्तव्यबाट संचालन भएको कोण सभा कार्यक्रममा महिला संगठनका केन्द्रीय सदस्य गिरिजा न्यौपाने,महासमिति सदस्य बिन्तीराम यादव,पुर्व महाधिवेशन समिति सदस्य मधु न्यौपाने,जिल्ला सदस्य देवराज पाठक,पुर्व महाधिवेशन समितिका सदस्य उमाकान्त पन्त, जिल्ला सदस्य रामप्रताव यादव,राजपुर गाउँपालिका का धनपती देवी यादव,पुर्व साबिक बेला गाबिसका उपाध्यक्ष द्वारीका प्रसाद यादव,राजपुर गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष नरेन्द्र सिंह भण्डारी, दलित संघ क्षेत्र नम्बर १ का सभापति पर्बल रसाइली,दलित संघका पुर्व उपाध्यक्ष चन्द्र नेपाली,पुर्व क्षेत्रीय संगठन बिभागका संयोजक गोबिन्द वली,राजपुर गाउँपालिका वडा नम्बर १ का वडा कमिटी सभापति रामबकश चौधरी,पातेश्वर यादव लगायतका वक्ताले बोल्नु भएको थियो ।
नव प्रवेशिका काङ्ग्रेस युवा नेता खिम सिं रानाले सभामा उपस्थित नेताकार्यकर्तालाई हार्दिक धन्यवाद दिनु भएको थियो भने उक्त कार्यक्रमको संचालन साबिक बेला गाबिसका इकाई कमिटीका सल्लाहकार ओमप्रकाश यादवले गर्नु भएको थियो ।
प्रतिनिधिसभा विघटनविरुद्ध नेपाली काङ्ग्रेसले माघ ३ गते देशैभरिको ७ सय,५३ वटा पालिकामा र्याली सहित कोणसभा सम्पन्न गरेको हो । काङ्ग्रेसले यस अघि पुसको १३ गते १ सय ६५ वटा निर्वाचन क्षेत्रमा विरोध सभा गरिसकेको छ भने यहीँ माघ ८ गते सबै वडाहरुमा आफ्नो विरोध सभा गर्ने कांग्रेसले जनाएको छ ।









